Home Uncategorized म्युजिक भिडियोमा साम्राज्ञीको पारिश्रमिक कति ?

म्युजिक भिडियोमा साम्राज्ञीको पारिश्रमिक कति ?

पछिल्लो समय कोरोना महामारीका कारण चलचित्र क्षेत्र ठप्प छ। नयाँ चलचित्र छायांकनको त परको कुरा निर्माण भैसकेका चलचित्र पनि रिलिज हुन् सकेका छैनन। तर महामारी कै बीच थुप्रै म्युजिक भिडियो भने निर्माण भैरहेका छन्।

चलचित्रमा छायांकन नभएपछि धेरै जसो नायक नायिका म्युजिक भिडियो तिर लागे। सस्तो पारिश्रमिकमा पनि म्युजिक भिडियोमा अभिनय गरे। तर केहि नायक नायिकाहरुले भने म्युजिक भिडियोमा काम नगर्ने बताए। यस्तै म्युजिक भिडियोमा काम नगर्ने बताउदै आएकी नेपाली चलचित्रकी हट केक नायिका हुन् साम्राज्ञी राज्यलक्ष्मी भर्खरै एउटा म्युजिक भिडियोमा भने काम गरिन।

निषेधाज्ञापछि ट्रि इन्टरटेन्मेन्टले निर्माण गरेको एक भिडियोमा उनले काम गरेकी हुन। उनले अभिनय गरेको भिडियो असोज २० गते काठमाडौंमा एक भव्य कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गर्ने तयारी गरिएको छ । भिडियोेलाई माइकल चन्दले निर्देशन गरेका हुन् ।

योे म्युजिक भिडियोका लागि साम्राज्ञीले निक्कै महंगो पारिश्रमिक वुझेकी छिन् । श्रोतका अनुसार, साम्राज्ञीले ४ लाख हारहारीको पारिश्रमिक वुझेकी छिन् । यस्तै, साम्राज्ञीले आफूलाई अफर आउने भिडियोमा गीत राम्रो हुनुपर्ने र ४ देखि ५ लाख पारिश्रमिक दिनुपर्ने बताउन थालेकी छिन् ।

पारिश्रमिक चित्तवुझ्दो र गीत राम्रो आएको खण्डमा मात्र काम गर्ने सोचमा साम्राज्ञी रहेकी छिन् । चलचित्रमा समेत निक्कै माग भएकी साम्राज्ञीको माग भिडियोमा पनि बढेको छ । तर, साम्राज्ञीलाई यति महंगो पारिश्रमिक दिएर काम गराउन कति निर्माता तयार होलान् त् ?

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read