Home अनौठो कुरा बेहुलाकै अगाडि फोटोग्राफरले गरिदिए बिहेका सबै तस्वीर डिलिट, कारण यस्तो अनौठो

बेहुलाकै अगाडि फोटोग्राफरले गरिदिए बिहेका सबै तस्वीर डिलिट, कारण यस्तो अनौठो

एकजना फोटोग्राफर बिहे समारोहमा फोटोशूटका लागि गएका थिए । बिहे समारोहमा उनले दिनभर फोटो खिचे तर त्यहाँ ती फोटोग्राफरप्रति बेहुलाले यस्तो व्यवहार गरे कि रिसको झोँकमा फोटोग्राफरले बिहे समारोहका सबै तस्वीर ठाउँकाठाउँ डिलिट गरिदिए । फोटो सबै मेटाइदिएर फोटोग्राफर त्यहाँबाट कुलेलम ठोके ।

ती फोटोग्राफरले सोसल मिडिया साइट रेडिटमा यो घटना र आफूले त्यस्तो कदम उठाउनुपर्नाको कारणबारे लेखेका छन् ।

बिहे समारोहमा उनलाई खाना खान बन्देज लगाइएको हुनाले उनले दिनभरी भोकभोकै काम गरिरहेका थिए । तर भोको पेटले निरन्तर काममा जोतिनुपर्दा उनमा रिसको पारो बढ्दै गयो र बेहुलाकै अगाडि आफूले क्यामरामा खिचिएका सबै तस्वीर तथा भिडियोहरु डिलिट गरिदिए ।

वास्तवमा ती व्यक्ति पेशेवर फोटोग्राफर होइन रहेछन् । उनले कुकुरको हेरचाह गर्ने काम गर्दछन् । साथीले निकै कर गरेपछि उनी साथीको बिहेमा फोटो खिचिदिन गएका रहेछन् । २५० डलर रकम ज्यालामा बिहेको फोटो खिच्ने कामका लागि उनीसँग सम्झौता भएको रहेछ । त्यसअनुसार बिहेको दिन बिहान ११ बजेदेखि उनको काम सुरु भयो जुन रातको ८ बजेसम्म चल्नेवाला थियो ।

त्यसबीचमा बेलुकी पाँच बजेतिर पाहुनाहरूले खाना खान थाले । तर फोटोग्राफरका लागि भने खानाको बन्दोबस्त नै थिएन । उनलाई खाना नखाइकनै लगातार फोटो खिचिरहन भनियो ।

भोको पेटमा दिनभर काम गरिरहँदा थाकेर गलेपछि उनले आराम तथा खानपिनका लागि २० मिनेटको समय दिन बेहुलासँग आग्रह गरे । तर उनको आफ्नै साथीसमेत रहेका ती बेहुलाले भने लगातार फोटो नखिचेमा सम्झौता बमोजिको अढाइ सय डलर रकम नदिने भन्दै खाना खाने समय नदिने जवाफ दिए ।

भोक, थकान र गर्मीका कारण लखतरान परेका फोटोग्राफर बेहुलाको जवाफले आगो भए । उनले तत्कालै बेहुलाका अगाडि क्यामेराका सबै तस्वीर डिलिट गरिदिए ।

बेहुलाले दुई शब्द बोल्न नपाउँदै फोटोग्राफर त्यहाँबाट हिँडिहाले ।
ती फोटोग्राफरले रेडिटमा राखेको यो घटना विवरणको पोस्ट भाइरल नै बनेको छ । प्रतिक्रिया दिनेहरुमध्ये कतिपयले बेहुलालाई गाली गरेका छन् भने कतिपयले त्यसरी फोटो डिलिट गर्नु हुँदैनथ्यो भन्ने मत प्रकट गरेका छन् ।

घटना भएको ठाउँ तथा व्यक्तिहरुको वास्तविक पहिचान भने खुलाइएको छैन ।

एजेन्सी

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read