Homeसमाचारयुट्युब च्यानल मार्फत महिलाको चरित्र हत्या गर्ने, अन्तर्वार्ता तथा फोटो सहितको विवरण...

युट्युब च्यानल मार्फत महिलाको चरित्र हत्या गर्ने, अन्तर्वार्ता तथा फोटो सहितको विवरण प्रसारण गर्ने ४ व्यक्तिहरु पक्राउ

युट्युब च्यानल मार्फत महिलाको चरित्र हत्या गर्ने, अन्तर्वार्ता तथा फोटो सहितको विवरण प्रसारण गर्ने ४ व्यक्तिहरु आज पक्राउ परेका छन्।

प्रहरी प्रधान कार्यालय साईबर ब्युरोका अनुसार विभिन्न युट्युब च्यानल संचालन गरि उक्त च्यानल मार्फत पीडित महिलाको तस्विर सहित चरित्र हत्या हुने तथा ईज्जत प्रतिष्ठामा आंच पुर्याई नीजप्रती घृणा वा द्वेष फैलाउने सामाग्रीहरु प्रसारण गरी विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुर गरेकोले सम्मानित काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमती लिई बिभिन्न युट्युब च्यानलका ४ संचालहरुलाई पक्राउ गरि अनुसन्धान भैरहेको जानकारी गराएको छ।

पक्राउ पर्नेहरुमा दैनिक खबर युट्युब च्यानलका संचालक प्रदिप भण्डारी, हरेक पलको खबरका संचालक शिशिर अधिकारी, सरैचुली युट्युब च्यानलका संचालक पिन्कला कार्की र मोडर्न अनलाईन टिभि नामक युट्युब च्यानलका संचालक रोधन तामांग रहेका छन्।

पक्राउ परेकाहरुलाई पक्राउ गरि अनुसन्धान भैरहेको प्रहरी प्रधान कार्यालय साईबर ब्युरो प्रवक्ता एवं सुचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी गराएका छन्।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read