Home मनोरञ्जन नेपालमै भेटिए- बलिउड हिरो अजय देवगणको हुबहु डुप्लिकेट

नेपालमै भेटिए- बलिउड हिरो अजय देवगणको हुबहु डुप्लिकेट

कन्चनपुरका करण केसी बलिउड हिरो अजय देवगण जस्तै देखिन्छन् । टिकटकमा उनी देवगणकै फिल्मका डाईलग र गीतहरुमा टिकटक बनाउने गर्दछन् । उनलाई सबैले अजय जस्तै भनेर कमेन्ट दिन्छन् ।

उनको अनुहार, दाँत, हाउभाउ अजय देवगणसँग मिल्छ । करणले हालसम्म रिलिज भएका अजय देवगणका सबै फिल्महरु हेरेका छन् । जिमका पारखी करण हरेक फिल्मबाट अजयको नक्कलहरु सिक्छन् । उनलाई अजयको जस्तै आवाज निकाल्न भने आउँदैन । उक्त कुराको पनि उनी अभ्यास गर्दैछन् ।

कलाकारितामा पनि रुचि भएका करणका भिडियोहरु टिकटकमा धेरैले हरेका छन् । उनका केहि भिडियोहरु पाकिस्तानसम्म भाईरल पनि भएका छन् ।

अजयलाई आफ्नो गुरु मान्ने करण एकपटक अजय देवगणलाई भेटे उनलाई ढोग्ने बताउँछन् । उनी जस्तै देखिन करणले बिभिन्न चश्माहरु किनेका छन्, जुन अजयले बिभिन्न चलचित्रहरुमा लाएका छन् । आर्मीको कपडा पनि उनले किने ।

अजयले जस्तै गरी चुरोट खान सिक्दै करणले धुम्रपान नगर्ने व्यक्ति भएपनि टिकटक भने बनाएका छन् । अब उनी एक म्युजिक भिडियोमा छिट्ट्र देखिदैछन् ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read