Home अर्थ बुद्धभूमिकाे आईपीओ खुल्यो ,आजदेखि आवेदन दिन सकिने, कस्तो छ कम्पनी? कति कित्ताका...

बुद्धभूमिकाे आईपीओ खुल्यो ,आजदेखि आवेदन दिन सकिने, कस्तो छ कम्पनी? कति कित्ताका आवेदन दिने?

बुद्धभूमि नेपाल हाइड्रोपावरले आज साेमबारबाट सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) बिक्री सुरु गरेकाे छ। कम्पनीले एक सय रुपैयाँ अंकित ८ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न लागेको हो।

कम्पनीले ८ लाख कित्ता आईपीओ निस्काशन गर्नेछ। कम्पनीले निस्काशन गरेको कुल सेयरमध्ये २ प्रतिशत अर्थात् १६ हजार कित्ता सेयर कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ४० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी ७ लाख ४४ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको उक्त सेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ता सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ । सो सेयरमा सर्वसाधारणले असोज १४ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा पूर्ण आवेदन नपरेमा २५ असाेसम्म आवेदन दिने मिति लम्बिने कम्पनीको धितोपत्र निस्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेडले जनाएको छ।

कम्पनीको आईपीओमा सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

आईपीओ निस्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपि आईआर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीले वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्छ।

कति कित्ताका लागि दिने आवेदन ? 
बुद्धभूमि नेपालको आइपीओ पाउन लगानीकर्ताले भाग्यमै भर पर्नुपर्ने देखिएको छ । कम्पनीले सर्वसाधारणका लागि ७ लाख ४४ हजार कित्ता मात्र सेयर निष्कासन गरेकाले माग भन्दा निकै धेरै आवेदन पर्ने अनुमान गर्न सकिन्छ । पछिल्लो समय आइपीओमा आवेदन दिने लगानीकर्ताको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ । पछिल्लो पटक प्रत्येक आइपीओमा २४ लाख भन्दा बढी लगानीकर्ताले आवेदन दिन थालेका छन् ।
बुद्धभूमिको आइपीओ न्यूनतम १० कित्ताका दरले बाँडफाँट गर्दा ७४ हजार ४०० जनाले मात्र सेयर हात पार्नेछन् । यस आधारमा हेर्ने हो भने बुद्धभूमिको आइपीओमा पनि १० कित्ताका लागि आवेदन दिँदा पर्याप्त हुने देखिन्छ । यद्दपि, कम्पनीले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ ।
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read