Home समाचार कपनमा खोलामाथि बनाइएको सडकको ढलमा फसेका बालकको शव ललितपुरमा फेला

कपनमा खोलामाथि बनाइएको सडकको ढलमा फसेका बालकको शव ललितपुरमा फेला

मंगलबार कपनको ढलमा खसेका बालकको शव शनिबार बाग्मति नदीमा फेला परेको छ । मंगलबार दिउँसो पानी परेपछि एक्कासी पानीको बहाव बढेका बेला ढलमा फसेका १० वर्षका बालकको शव ललितपुरको महाङ्काल गाउँपालिकास्थित बागमती नदी किनारमा फेला परेको प्रहरीले जनाएको छ ।

कपनस्थित मिलनचोक नजिकै खोलामाथि बनाइएको सडकमाको ढलबाट १० वर्षीय उज्ज्वल विक फसेका थिए । बेपत्ता भएको ५ दिनपछि उनको शव फेला परेको हो ।

देख्दा-देख्दै रोक्न खोज्दा बालक नदीमाथि बनेको सडकको ढलबाट फसेको स्थानीयको भनाइ छ । उनलाई बचानका लागि बोलाउदा पनि उनले नसुनेपछि उनी अन्धधुन्द फसेको स्थानीयको भनाइ छ ।

उनी फसेको देखेका स्थानीयहरुले प्रहरीलाई खबर गरेर खोजी पनि गरिएको थियो । तर मंगलबार दिउँसो ठूलो पानी परेकाले उनलाई उद्धार गर्न प्रहरीले पनि सकेको थिएन । तर शनिबार ललितपुरका स्थानीयले नदी किनारमा शव फेला परेको पाएपछि प्रहरीमा खबर आएको ललितपुर प्रहरीले जनाएको छ ।

त्यसपछि शव भेटिएको स्थानमा पुगेर अनुहार पहिचान गर्न नसकिएको प्रहरीले बताएको छ । तर उनले लगाएको टिसर्टमा कपन मावि लेखिएकोले उज्वल विक नै भएको प्रहरीले पहिचान गरेको छ ।

बालकको शव बुझ्न उनका आफन्त आउदै गरेको ललितपुरले बताएको छ ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read