Homeसमाचारयीनै हुन् नारायणहिटी पसेर राजा हुन्छु भन्दै श्रीपेच लगाउन खोज्ने युवक

यीनै हुन् नारायणहिटी पसेर राजा हुन्छु भन्दै श्रीपेच लगाउन खोज्ने युवक

नारायणहिटी दरबार संग्रहालयमा अवलोकनका लागि राखिएको पूर्वराजाको श्रीपेच झिक्न खोज्ने गर्ने व्यक्ति पक्राउ परेका छन् । नारायणहिटी दरबार संग्रहालयमा प्रदर्शनमा राखिएको श्रीपेच झिक्न खोज्ने  व्यक्ति पक्राउ परेका हुन् ।

शुक्रबार दरबार संग्रहालयको अवलोकनका क्रममा रुकुम मुसिकोट नगरपालिका वडा नम्बर ११ स्थायी घर भई हाल काठमाडौंको म्हेपीमा बस्दै आएका अन्दाजी २५ वर्षीय खिमबहादुर घर्तीले सोकेस फु’टा’एर श्रीपेच झिक्न खोजेका थिए ।

तर, सोही क्रममा सुरक्षामा खटिएका सेनाले उनलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको नारायणहिटी दरबार संग्रहालय व्यवस्थापन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले जानकारी दिए ।

‘श्रीपेच बुलेट प्रुफ सिसाभित्र छ, घर्तीले हा’तले प्र’हार ग’र्दा बुलेट प्रुफ बाहिर रहेको सिसाको आवरण भने फुटेको छ । त्यसपछि उनले कोठाभित्र सोकेसमा राखिएको ‘खुकुरी झि’केर श्रीपेच निकाल्न प्रयास गरेको देखिन्छ । टिकट काटेर संग्रहालय अवलोकनका लागि पुगेका घर्तीले सोकेस फु’टाएर श्रीपेच निकाल्न खोजेपछि उनलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए ।

घर्तीलाई महानगरीय प्रहरी वृत्त दरबारमार्गमा राखी आवश्यक अनुसन्धान भइरहेको उनले बताए ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read