Homeमनोरञ्जनयिनै हुन इन्दिराका प्रेमी, सुटुक्क इन्गेजमेन्ट गरेको भिडियो टिकटकमा भाइरल

यिनै हुन इन्दिराका प्रेमी, सुटुक्क इन्गेजमेन्ट गरेको भिडियो टिकटकमा भाइरल

गायिका इन्दिरा जोशीले इन्गेजमेन्ट गरेकी छन् । उनले इंगेजमेन्ट गरेको भिडियो राखेर धेरैले सामाजिक संजालमा बधाइ दिएपछि वास्तविकता खुलेको हो ।

इन्दिराले खुम्बु पुगेर इन्गेजमेन्ट गरेकी हुन् । जोशीले आफ्नो प्रेमीलाई औँठी लगाइदिएको भिडियो अहिले टिकटकमा भाइरल भइरहेको छ । उनले फेशन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी हुन् । इन्दिराले यसअघि आफू प्रेम सम्बन्धमा रहेको बताउने गरेपनि प्रेमीको नाम भने खुलाएकी थिइनन् ।

उसो त उनले इन्गेजमेन्ट भएकोबारे पनि आफैँले सार्वजिनक रूपमा अहिलेसम्म भनेकी छैनन् । उनीहरूको इन्गेजमेन्ट भएको भिडियो भने क्याप्टेन विवेक थापाको टिकटक अकाउन्टमार्फत सार्वजनिक गरिएको छ । थापाले ’एक्स्कुलुजिभ’ लेखेर भिडियो सार्वजनिक गरेका छन् ।

गायिका जोशीले सोबारे औपचारिक रुपमा भने कतै जानकारी दिएकी छैनन् । उनले इंगेजमेन्ट गरेको भिडियो अहिले सामाजिक संजालमा जताततै छाएको छ । गायिका जोशीलाई क्याप्टेन विवेक थापाले टिकटकमा भिडियो राखेर बधाइ दिएका छन् । उक्त भिडियो अहिले भाइरल बनेको छ ।

उनले जोशी र केडिया दुवैलाई बधाइ दिएका छन् ।क्याप्टेन थापाले भिडियोको क्याम्पसनमा लेखेका छन्, ‘दुवै जनालाई उज्वल भविष्यको कामना !’गायिका जोशीले यसअघि नै प्रेममा रहेको बताएकी थिइन् । तरपनि उनले आफ्नो प्रेमीबारे भने खुलाएकी थिइनन् ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read