Homeसमाचारआमालाई बचाउने क्रममा छोराको मृत्यु

आमालाई बचाउने क्रममा छोराको मृत्यु

सिरहाको कर्जन्हा नगरपालिकामा एक महिला चापाकलमा नुहाउन लागेकी थिइन् । तराईमा चापाकलमा मोटर जोडेर पानी तान्ने चलन हुन्छ । सोही चापाकलमा लगाएको मोटरवाट लिक भएको क’रेन्ट महिलालाई लाग्यो । महिलाका छोरा २० वर्षका अश्वनीकुमार झा आइपुगे ।

उनले आमालाई बचाउने क्रममा आफै ज्यान गुमाए । कर्जन्हा नगरपालिका ६ का २० वर्षीय अश्वनीकुमार झा को करे’न्ट ला’गेर निधन भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । चापाकलमा जडान भएको मोटरमा नुहाउने क्रममा झाकी आमालाई करेन्ट लागेको थियो । आमालाई बचाउने प्रयास गर्दा अश्वनीकुमारको क’रे’न्ट ला’गेर मृत्यु भयो । करेन्ट लागेर झाकी आमा भने गम्भीर घाइते भएकी छन्उ, प्रहरीले जानकारी दिँदै भने ।

आश्वीनी कुमारको आमाको उपचार कर्जन्हास्थित फुलकुमारी महतो मेमोरियल अस्पतालमा भइरहेको छ । आमालाई बचाउन पुगेका छोराकै मृत्यु भएपछि स्थानीय शोकमा डुबेका छन् ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read