Homeअर्थदेउवाका ज्योतिषद्वारा शेयर मार्केटको यस्तो भविष्यवाणी, यी राशीहरुलाई यो साता निकै राम्रो

देउवाका ज्योतिषद्वारा शेयर मार्केटको यस्तो भविष्यवाणी, यी राशीहरुलाई यो साता निकै राम्रो

देउवालाई सात सात पटक सम्म प्रधानमन्त्री हुने योग रहेको दावी गर्ने देउवाका ज्योतिष सुरेशचन्द्र रिजालले फेरी शेयर मार्केटको भविष्यवाणी गरेका छन्। केहि दिन अगाडि शेयर मार्केट सम्बन्धी उनले गरेको भविष्यवाणी लगभग मिलेको थियो।

उनले आजभन्दा एक महिना अगाडि भदौ ९ देखि २० गतेसम्म अंक गणितका प्रमुख मुख्य शुक्र तथा बुध ग्रह नीच भङ्ग राजयाेमा रहदा यसकाे प्रभाव समग्र बैंकिङ क्षेत्रमा नै पर्नेछ भनेर भनेका थिए।

भदौ महिनाभरी राज्य कारक ग्रह सूर्यले प्रशासनिक कारक ग्रह मंगल र देब गुरु बृहस्पतिकाे पूर्ण सहयोग प्राप्त गरेकाले सरकारले बलियो निति नियम अगाडी सार्नेछ । खगोल शास्त्रमा बुध ग्रहलाई बुद्धि र वृहस्पति ग्रहलाई ज्ञानकाे कारक ग्रह भनेर परिभाषित गरिएको छ र बृहस्पति ग्रह ज्ञान र बुद्धि कारक ग्रह बुधग्रहकाे अत्यन्तै अशुभ मानिने षडाष्टक याेग निर्माण हुदा लगानीकर्ताले ज्ञान र बुद्धिकाे सहि तरिकाले तालमेल मिलाउन नसक्दा शेयर मार्केट तथा बैंकिङ क्षेत्रमा यसकाे प्रभाव उच्च पर्ने छ । अस्वाभाविक रुपमा सेयरमार्केटमा व्यापक परिवर्तन हुने याेग निर्माण भएकाे छ भनेर भनेका थिए। नभन्दै उनले भनेअनुसार अनि शेयर बजारमा प्रभाव देखियो।

आज फेरी उनले “स्टक मार्केट स्ट्राेलाेजी” भनेर असोज ७ देखि असोज १४ सम्मको भविष्यवाणी गरेका छन्।

उनी लेख्छन:
“स्टक मार्केट स्ट्राेलाेजी” ७ गतेदेखि देखि १४ सम्म – सर्वाधिक धन कमाउने राशिहरु
धन अर्थात लक्ष्मी प्राप्तिकालागि ७ दिन यी राशिमा जन्मिएका व्यक्तिहरुका लागि विशेष धनलक्ष्मी प्राप्तिको याेग बनेकाे छ । १६ दिनकाे महालक्ष्मी व्रतपनि यसैसाता सकिदै छ । केही राशिमा जन्मिएका मानिसहरुले भने याे साता धेरै संघर्ष पछि पनि थाेराैमात्रै लक्ष्मी प्राप्तिको संयाेग जुर्ने छ ।
कर्कट,कन्या तथा मीन राशिमा जन्मिएका मानिसहरुले याे साता आफ्नाे निर्णयमा गरिएको लगानीबाट विशेष धन कमाउने याेग निर्माण भएकाे छ । अत: आफ्नाे ईच्छा अनुसार गरिएको लगानीबाट लाभ मिल्ने छ ।
मेष,मिथुन,तुला तथा धनु राशिमा जन्मिएका मानिसहरुले अरुकाे सल्लाह अनुसार गरिएकाे लगानीबाट नाेक्सानीकाे सामना गर्नुपर्ने याेग रहेमाे छ । यी चार राशिमा जन्मिएका मानिसहरूले याे साता अरुकाे सल्लाहअनुसार काराेबार नगर्दा नै फाईदा हुने छ।
सिंह,मकर तथा कुम्भ राशिमा जन्मिएका मानिसहरुले यदि याे साता हिम्मत गरेर लगानी गरेमा साेचेभन्दा दुईगुना फाईदाकाे याेग रहेकाे छ। तर सबै काराेबार यी राशिका मानिसले गाेप्यरुपमा राख्नु पर्ने छ ।
बृष तथा बृश्चिक राशिहुने हरुका लागि भने याे साता दाेधार दाेधारमा नै समय खेराजाने याेग रहेछ ।
नाेट : याे मेराे निजी विचारमा गरिएको खाेजमुलुक लेख हाे ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read