Home मनोरञ्जन महानायक महानायिका विवादमा वर्षा सिवाकोटीको यस्तो तर्क

महानायक महानायिका विवादमा वर्षा सिवाकोटीको यस्तो तर्क

केही दिन यता देखी महानायक उपाधिले सिनेमा क्षेत्रलाई मज्जाले तताइरहेको छ l अभिनेताद्दय भुवन केसी र शिव श्रेष्ठले उब्जाएको विवाद अहिले जताततै हावा सरी फैलिरहेको छ l

यस बारे कति पक्षमा उत्रिएका छन् भने कति विपक्षमा उत्रिएका छन् l हालै नायिका वर्षा सिवाकोटीले पनि महानायक विवादमा आफ्नो मुख खोलेकी छिन् l उनले वरिष्ठ कलाकारको दर्जा पाएका व्यक्तित्वहरूको आ–आफ्नै चाहना यसरी छताछुल्ल पार्नु राम्रो नभएको बताएकी छन् l

बर्षा लेख्छिन्:
मेरो विचारमा सुरुवातमा चलचित्र क्षेत्र सहज हुनुपर्छ, जसरी पुराना दिनहरूमा हरेक साता नयाँ चलचित्र रिलिज हुने र दर्शक हलसम्म पुग्ने वातावरण थियो, ती दिनहरू फर्किएर आउन भनेर कामना गर्नुपर्दछ । हाम्रो काम दर्शकले मुल्याकंन गर्ने वातावरण बन्नु चाहिँ सुहाउँदिलो कुरा हो । कोही कसैले स्वमुल्याकंन गर्ने होइन । हामी सबै चलचित्रकर्मीले त्यही मान्यतामा आफ्नो काम नियमित गर्नुपर्छ । यस कुरामा अग्रजहरूले विशेष ध्यान दिएर त्यसअनुरूपको वातावरण बनाउन सहयोग गरेको हेर्ने चाहना हो । तर पछिल्ला दिनमा सम्माननीय अग्रजहरूको चाहना अर्कै देखियो । कलाकार त्यसमाथि वरिष्ठ कलाकारको दर्जा पाइसक्नुभएका आदरणीय अग्रज व्यक्तित्वहरूको आ–आफ्नै चाहना यसरी छताछुल्ल भएको हेर्ने मन पटक्कै होइन । ठिकै छ, जे भए पनि हामी चाहिँ उहाँहरूलाई सबैलाई सधैँ सम्मान गर्छौँ । धन्यवाद ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read