Home समाचार ४ लाख नगदसहित १७ जना जुवाडे पक्राउ

४ लाख नगदसहित १७ जना जुवाडे पक्राउ

झापाको दमक नगरपालिका-१ मा जुवा खेलिरहका १७ जनालाई प्रहरीले नगदसहित नियन्त्रणमा लिएको छ ।

मंगलबार राति करिब साढे ११ बजे इलाका प्रहरी कार्यालय दमकको टोलीले दमक-१ का हिमाल देवानको घरमा जुवा खेलिरहेका उनीहरूलाई ४ लाख २७ हजार ६ सय रुपैयाँसहित नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाका अनुसरा उनीहरुको साथबाट १६ थान कौडा पनि बरामद गरिएको छ ।

पक्राउ पर्नेहरूमा झापा भद्रपुर नगरपालिका युवराज न्यौपाने, दिलबहादुर राई र ठाकुरप्रसाद निरौला,  बिर्तामोडका तिर्थ अधिकारी, गौरादहका हरि कोइराला, कमल गाउँपलिकाका सुबिन्द्र सुब्बा, कन्काईका मोहन बराल र सुनिल साह रहेका छन् ।

त्यस्तै मोरङ ग्रामथान गाउँपालिकाका लक्ष्मीप्रसाद अधिकारी, नैनकुमार चौधरी, रुपेश तामाङ, पथरी शनिश्चरेका बलराम बस्नेत, गंगाराम मगर, बेलबारीका निशान पोखरेल, दमकका कर्ण राई, राजन दाहाल र विनोद थेबे रहेका छन्।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read