ग्रेस ईभेन्ट द्धारा आयोजित ग्रेस ट्यालेन्ट हन्ट दोस्रो सजिन 2021 सम्पन्न भएको छ ।
कोभिड १९ को विसम परिस्थितिलाई मध्यनजर गर्दै अनलाईनको माध्यमबाट प्रतियोगिता संचालन गरिएको थियो ।
असोज ४ गते अनलाईनकै माध्यम बाट फाईनल गरिएको ग्रेस हन्टको निर्णायक मन्डलमा ग्रेस इभेन्टका गुडउईल एम्बेस्टर दिपिका लामा, गायक राज बाबू नेपाल र नृत्य निर्देशक जिना लोप्चन हुनु हुन्थ्यो ।
७४ जना सहभागी भएको प्रतियोगीताबाट प्रथम गौरब जोसि , रनरअप प्रसुन्ना भुजेल , भिउअर च्वास् एलिना बि.क भएका थिए भने आस्वसन राई र रेस्मा कार्कि उत्कृष्ट ५ मा पर्न सफल भएका थिए । ट्यालेन्ट हन्टमा भिउजको आधारमा मात्र नभई प्रतिभालाई पहिलो प्राथमिक्ता दिईएको कार्यक्रम संयोजक एवम ग्रेस ईभेन्टका मार्केटिङ म्यानेजर मिङमा शेर्पाले जानकारि दिनुभयो ।
ग्रेस ईभेन्टका CEO सुरज थापाका अनुसार प्रतियोगिता बाट बिजयि एवम उत्कृष्ट ५ मा पर्न सफललाई ग्रेस ईभेन्टको ५ औं बार्षिक उत्सवको अवसरमा पुरस्कार तथा सम्मान वितरण गरिने छ ।
यहि असोज १६ गते हुने बार्षित उत्सवमा फुर्लिमा फाउन्डेसनको उत्घाटन , फेसन वाक, राष्ट्रिय कलाकार र संचारकर्मिलाई सम्मान संगै सांस्कृतिक कार्यक्रमको साथमा भब्य सुसम्पन्न हुने ईभेन्टका महासचिव पवन कोईरालाले जानकारि गराउनु भयो ।
कार्यक्रम भब्य रुपमा सफल बनाउनका निमित्त सबै कलाप्रेमि,समाजसेवि संचारकर्मि एवम सम्पूर्णलाई उपस्थित हुन ग्रेस ईभेन्टका अध्यक्ष शिशिर टन्डनले विशेष आग्रह गर्नुभएको छ ।
कार्यक्रम यहि असोज १६ गते शनिवारको दिन दिनको ठिक ३ बजे SR banquet & Swimming Pool धुम्बाराईमा हुनेछ ।