Home Uncategorized संसारकै लामो कान भएको कुकुर, गिनिज बुकमा लेखायो नाम (भिडियो सहित)

संसारकै लामो कान भएको कुकुर, गिनिज बुकमा लेखायो नाम (भिडियो सहित)

तीन वर्षको एक अमेरिकी कुकुरले गिनिज बुकमा नाम लेखाएको छ । लु नामको उक्त पोथी कुकुरले संसारकै सबैभन्दा लामो कान भएको कुकुरको रुपमा विश्व कीर्तिमान कायम गरेको हो ।

उक्त कुकुरका कानका लोती यति लामा छन् कि झ्वाट्ट हेर्दा लाम्काने बाख्राका जस्ता देखिन्छन् । कानका लोतीको लम्बाई १३.३८ इन्च छ ।

पेइज ओल्सेन नामकी महिलाले घरमा पालेको उक्त कुकुरको लोती लामो देखिए पनि उनले नापेकी थिइनन् । तर जब महामारीका कारण घरमै बस्नुपर्दा उनीसँग पर्याप्त समय भयो तब ओल्सेनले आफ्नो कुकुरको कान नाप्न थालिन् । कुकुरको कानको नाप अस्वभाविक पाएसँगै उनले गिनिज बुक अफ वर्ल्ड रेकर्डस्मा निवेदन दिइन् ।

निकै लामो कान भएपनि कुकुरलाई कुनै अप्ठेरो नभएको उनी बताउँछिन् । उनले हरेक महिना कुकुरको कानको जाँच गराउँछिन् । ओल्सेन आफैं पशु चिकित्सक पनि हुन् ।

संसारकै लामो कान भएको कुकुर लगायतका कीर्तिमानलाई गिनिज बुकले २०२२ को नयाँ संस्करणमा समावेश गरेको छ ।

एजेन्सी

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read