Homeफिल्मबलिउडबलिउड अभिनेत्री पायल घोषमाथि मुम्बइमा एसिड आक्रमणको प्रयास

बलिउड अभिनेत्री पायल घोषमाथि मुम्बइमा एसिड आक्रमणको प्रयास

बलिउड अभिनेत्री पायल घोषले आफूमाथि एसिड आक्रमणको प्रयास भएको र आफू मुस्किलले बचेको बताएकी छिन् । सामाजिक संजालमार्फत एक भिडियो जारी गर्दै पायलले केही व्यक्तिहरुले आफूमाथि एसिड तथा रडले आक्रमण गर्ने कोसिस गरेको बताएकी छन् । पायलका अनुसार उनी आफ्नो घर मुम्बइ जाँदै गर्दा कारमा चढ्न लागेका बेला केही मानिसहरुले उनीमाथि आक्रमण गर्ने कोसिस गरेका थिए ।

ती मानिसहरुले उनीसँग भएका सामान लुट्ने प्रयास गरेका थिए । पायलका अनुसार उनीहरुसँग एउटा बोतल थियो । त्यसमा एसिड भएको पायलले बताएकी छिन् । उनका अनुसार आक्रमणकारीहरुले मास्क लगाएका थिए । उनीहरुले पायलको टाउको र हातमा हिर्काउने प्रयास गरे । त्यसपछि पायलले सहयोगको लागि चिच्याउन थालेपछि ती व्यक्तिहरु भागे ।

पायलले सामाजिक संजालमा आफ्नो चोटसहित पोस्ट पनि शेयर गरेकी छिन् । पायलसँग यो घटना मुम्बइको अंधेरी क्षेत्रमा भएको थियो । पायलका अनुसार ती आक्रमणकारीहरुले आक्रमण गर्दा रडले उनको बायाँ हातमा लागेको छ । यसअघि पायल त्यतिबेला चर्चामा आएकी थिइन् जतिबेला उनले अनुराग कश्यपमाथि यौन शोषणको आरोप लगाएकी थिइन् ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read