आजबाट दशैँका लागि नयाँ नोट साट्न सकिने, कहाँ कहाँ साट्न पाईन्छ नयाँ नोट

0
108

नेपालीहरूको महान चाड दशैँ नजिकिएसँगै आज (सोमबार) देखि नयाँ नोट सटही गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले दशैँ तिहारका लागि आज असोज ४ गतेबाट नयाँ नोट सटही खुला गरेको हो।

राष्ट्र बैंकले आफ्नो केन्द्रीय कार्यालयसँगै प्रादेशिक र अन्य कार्यमार्फत नयाँ नोटको वितरण सुरु गरेको हो । राष्ट्र बैंकका केन्द्रीय, प्रादेशिक र अन्य कार्यालयसँगै इजाजत पत्र बैंक तथा वित्तीय संस्थाले तोकेको शाखामार्फत समेत नयाँ नोट साट्न सकिन्छ ।

एक व्यक्तिले बढीमा १८ हजार ५०० रुपैयाँसम्म नयाँ सटही गर्न पाउनेछन्। जसअनुसार रु. ५, रु. १०, रु.२०, रु. ५० र रु. १०० दरका एक/एक बन्डलका दरले १८ हजार ५०० सम्म साट्न पाउने सुविधा दिइएको छ।

राष्ट्र बैंकले दशैँलाई लक्षित गर्दै ३५ अर्ब रुपैयाँबराबरका नयाँ नोट बजारमा पठाइसकेको छ । सबै बैंक तथा वित्तीय संस्थाहरूले राष्ट्र बैंकबाट नयाँ नोट लगिसकेका छन् । राष्ट्र बैंकले हरेक वर्षका दशैँ तिहारमा ५० अर्ब रुपैयाँको हाराहारीमा नयाँ नोट बजारमा पठाउँदै आएको छ । जसमध्ये सर्वसाधारणहरूका लागि मात्रै १५ अर्बको हाराहाराहरीमा नयाँ नोट सटही हुनेगरेका छन् ।

नयाँ नोट सटही गर्न जाँदा नेपाल सरकार तथा स्थानीय प्रशासनले तोकेका स्वास्थ्यसम्बन्धी मापदण्ड तथा सामाजिक दूरीको पूर्ण पालना गर्न पनि राष्ट्र बैंकले आग्रह गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here