Homeसमाचारपूर्वयुवराज्ञी हिमानी शाह जनकपुरमा

पूर्वयुवराज्ञी हिमानी शाह जनकपुरमा

पूर्वयुवराज्ञी हिमानी शाहले जानकी मन्दिरमा पूजापाठ गरेकी छिन् । एक कार्यक्रममा सहभागी हुन आइतबार जनकपुरधाम आएकी युवराज्ञी शाहले जानकी मन्दिर पुगेर पूजापाठ गरेकी हुन् ।

पूर्वयुवराज्ञी शाह आउने खबर पाएपछि जानकी मन्दिर व्यवस्थापनले उनलाई भव्य स्वागत गरेको छ । पूर्वयुवराज्ञीको स्वागतको लागि मन्दिर व्यवस्थापनले रेडकार्पेट ओछ्याएका थिए भने मन्दिरलाई अझ आकर्षक देखाउन इलेक्ट्रिक बत्तीले झिलिमिली पारिएको थियो ।

जानकी मन्दिरका छोटा महन्थ रोशन दासले हिमानीको स्वागतमा लागेका थिए । हिमानी ट्रस्टले सोमबार जनकपुरको कन्या माध्यमिक विद्यालयमा खानेपानीसम्बन्धी सामग्री वितरण कार्यक्रम राखेको छ । सोही कार्यक्रममा सहभागी हुन हिमानी जनकपुर आएकी हुन् ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read