Home समाचार संखुवासभा ह’त्याका’ण्ड : घट’नाका ‘मुख्य योजनाकार’ प’क्राउ

संखुवासभा ह’त्याका’ण्ड : घट’नाका ‘मुख्य योजनाकार’ प’क्राउ

संखुवासभाको मादी नगरपालिकामा वडा नम्बर १ खोलागाउँमा एकै परिवारका ६ जनाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले थप ४ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाले सोमबार घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका थप ४ जनालाई सार्वजनिक गरेको हो । प्रहरीका अनुसार घटनाका मुख्य योजनाकार पनि पक्राउ परेका छन् । ४७ वर्षीय खड्गबहादुर कार्की घटनाका मुख्य योजनाकार रहेको अनुसन्धानबाट खुलेको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

त्यस्तै २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र १७ वर्षीय नरेश कार्की पक्राउ परेको प्रहरीले बताएको छ । गत भदौ २१ गते ८२ वर्षीया पार्वती कार्की, उनका ५५ वर्षीय छोरा तेजकुमार कार्की, ५४ वर्षीया बुहारी मनमाया कार्की, ३२ वर्षीया नातिनी बुहारी रञ्जना कार्की, ८ वर्षीय नाति दिवेन कार्की र ५ वर्षीया नातिनी गोमा कार्कीको हत्या भएको थियो ।

उक्त घटानमा संलग्न भएको आरोपमा गत भदौ २७ गते प्रहरीले पक्राउ गरी लोकबहादुर कार्कीलाई सार्वजनिक गरिसकेको छ ।

घटनामा संलग्न चारै जनालाई नियन्त्रणमा लिई अनुसन्धान भई रहेको र अनुसन्धानको क्रममा सबै अभि’युक्तहरूले घ’टना स्वी’कार गरेको र घटनामा प्रयोग भएको छु’री, कपडा र हराएको मोबाइल समेत बरामद गरि थप अनु’सन्धान भइ रहेको छ ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read