Homeसमाचारस्मार्ट चस्मा : फोटो र भिडियो खिच्न मिल्ने, गीत सुन्न र फोन...

स्मार्ट चस्मा : फोटो र भिडियो खिच्न मिल्ने, गीत सुन्न र फोन गर्न पनि मिल्ने

फेसबुकले आफ्नो पहिलो ‘स्मार्ट ग्लासेस’ सार्वजनिक गरेको छ । जसमा फोटो र भिडियो खिच्नका लागि दुईवटा क्यामरा जडान गरिएको छ ।

चस्माको लक्जरी ब्रान्ड रे–ब्यानसँगको सहकार्यमा निर्माण गरिएको यस स्मार्ट ग्लासेसलाई ‘रे–ब्यान स्टोरिज’ को नाम दिइएको छ । यो फेसबुकले निकालेको पहिलो चस्मा हो । यो चस्मालाई २०१६ मा निकालिएको स्न्यापच्याट चस्मा जस्तै किसिमको भनिएको थियो तर फेसबुकले यसलाई फरक उत्पादन ठहर गर्दै आएको छ ।

यसलाई प्रयोग गर्न चस्मामा भएको एउटा बटनलाई थिच्नु पर्छ । भिडियो खिच्न बटनलाई थिचिरहनु पर्छ भने फोटो लिन चाहिँ एक पटक मात्र क्लिक गर्दा पुग्छ । त्यस्तै फोटो खिच्न हामीले ‘भ्वाइस कमान्ड’ अर्थात बोलेर निर्देशन दिन पनि सक्छौं । ‘हे फेसबुक टेक अ भिडियो’ अर्थात फेसबुक एउटा भिडियो लिऊ भन्दा चस्माले भिडियो लिन सुरु गर्नेछ । त्यस्तै यसमा स्पिकर पनि जडान गरिएको छ जसमार्फत हामीले गीत सुन्न अनि फोन गर्न सक्नेछौं ।

यसको मुख्य उद्देश्य भनेको, हामीले कुनैबेला फोन ब्यागमै छाड्यौं भने पनि यस मार्फत आफ्ना यादगार क्षणहरु खिच्न पाउनेछौं त्यो पनि हात नचलाइन । विशेष गरी बच्चाहरुसँग घुम्न गएका बेलामा फोनको प्रयोग नगरि यसमार्फत सजिलै राम्रा क्षणहरुको तस्बिर या भिडियो लिन सकिनेछ । ती तस्बिर र भिडियोको गुणस्तर स्मार्टफोन जत्तिको नभएपनि स्पष्ट र राम्रै रहेको प्राविधिक विश्लेषकहरुले बताएका छन् । त्यस्तै यसलाई सनग्लास र क्यामरा दुवैका रुपमा प्रयोग गर्न सक्नु अर्को विशेष उपयोगिता हो । त्यसैले पनि यो कन्सेप्टलाई रोचक मानिएको छ ।

यसमा खिचिएको भिडियो या तस्बिर अटोमेटिक फेसबुकमा पोस्ट हुँदैन । हामीले आफ्ना तस्बिर र भिडियोहरु पछि डाउनलोड गरेर चाहे अनुसार सामाजिक सञ्जालमा पोस्ट गर्न सक्नेछौं । यससम्बन्धी एक मात्र विवाद भनेको गोपनीयताको विषय रहेको छ । तर अहिलेको आधुनिक युगमा मानिसहरुले चाहने हो भने हर किसिमले क्यामराको दुरुपयोग गर्न सक्ने देखिन्छ । साथै यसबाट कुनै पनि भिडियो रेकर्ड गर्दा चस्मामा एउटा एलइडी लाइट बल्ने गर्दछ ।

त्यस्तै भिडियो लिनलाई चस्माको छेउमा हात लगेर थिच्नुपर्ने हुनाले पनि कसैले थाहा नपाउने गरी यसको प्रयोग गर्न कठिन रहेको फेसबुकका ‘एआर भीआर’ प्रमुख एन्ड्रयु बोसवर्थ बताउँछन् । समग्रमा यसको लेन्स र सेन्सर राम्रो रहेको प्राविधिक विद्हरुले बताएका छन् ।

फेसबुकले अब छिट्टै अर्को पूर्ण रुपमा ‘अगुमेन्टेड रियालिटी’ (एआर) फिचर भएको चस्मा पनि निकाल्ने तयारी गरिरहेको छ । एआर भन्नाले वास्तविक दुनियाँका कुरालाई कम्प्युटरमार्फत नौलो अन्र्तक्रियात्मक अनुभव सिर्जना गराउन सक्ने प्रविधि हो । यसले दृष्य, सुनाइ लगायत हाम्रा विभिन्न ‘सेन्स’ हरुलाई विस्तार गरिदिने काम गर्दछ । यो एआर चस्मा चाहिँ हाल सार्वजनिक स्मार्ट ग्लास भन्दा आधुनिक प्रविधियुक्त हुनेछ ।

एजेन्सी 

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read