Home समाचार माधव नेपाल ‘होम सिक’ भएर एमालेमै फर्किन्छन्ः योगेश भट्टराई

माधव नेपाल ‘होम सिक’ भएर एमालेमै फर्किन्छन्ः योगेश भट्टराई

नेकपा एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले पार्टी विभाजन गर्नेहरु एमालेमै फर्किने दावी गरेका छन् ।

पोखरामा पत्रकारहरुसँग कुरा गर्दै उनले अहिले पनि विभाजनमा लागेकाहरुको मनमा एमाले नै रहेकोले मुल पार्टीमा फर्किने दाबी गरे । ‘जो विभाजन लाग्नुभयो, उहाँहरुमा टिप्पणी छैन । धेरै नेता कार्यकर्ताको मनमा एमाले नै छ । अब माधव कमरेडले सपना देख्दा पनि एमाले नै देख्नुहुन्छ । उहाँलाई होमसिक जस्तै एमालेसिक हुन्छ । उहाँ यतै आउनुहुन्छ,’ भट्टराई भन्छन्, ‘उहाँ एमालेमा फर्किनुको विकल्प छैन । असफल प्रयत्नतिर नजाऔं । त्यसले कुनै शक्ति आर्जन गर्न सक्दैन, कम्युनिस्ट आन्दोलनलाई विभाजन गर्ने बाहेक कुनै काम छैन ।’

पार्टी पंक्ति र नेताहरुको सुझबुझका कारण विभाजनको असर खासै नपरेको उनले सुनाए । ‘जे कोसिस गर्‍यौं । यसले विभाजनको असर निकै कम भयो । जति तल गयो, विभाजनको असर उति कम भयो,’ उनले भने, ‘पार्टी विभाजन गर्नु हुन्न भन्ने एकताको पक्षधर साथीहरु एकजुट हुनुभयो । अझै अत्यन्त मेहनत गर्छौं । जहाँ घाटा लागेको छ, त्यसको पूर्ति गर्नुपर्छ ।’

कांग्रेस र माओवादीका कार्यकर्ता तानेर एमालेको क्षति पूर्ण गर्ने उनको भनाइ छ । ‘माओवादीका तल्लो तह निराश छन् । हामीले उनीहरुलाई एमालेमा आउन अपिल गरौं,’ उनले भने, ‘कांग्रेसका साथीहरुलाई पनि भनौं । हिजो भोट नहालेकाहरुलाई पनि एमालेमा आकर्षित गरौं ।’

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read