Homeफिल्मबलिउडबिवाह गरेको बर्षदिन नहुँदै अभिनेत्री काजल अग्रवाल आमा बन्दै

बिवाह गरेको बर्षदिन नहुँदै अभिनेत्री काजल अग्रवाल आमा बन्दै

अभिनेत्री काजल अग्रवाल हालका दिनमा गर्भवती भएको खबरले चर्चामा छिन् । गत वर्षको अक्टोबर ३० मा प्रेमी गौतम किचलूसँग काजलले मुम्बईमा विवाह गरेकी थिइन् । यो विवाहमा उनको परिवार र केही नजिकका साथीहरुलाई मात्र बोलाइएको थियो ।

विवाह पछि दुवैजना बिदा मनाउन गएका थिए । जसको तस्वीर काजलले सामाजिक सञ्जालमा राखेकी थिइन् । काजल गर्भवती भएको समाचार सञ्चारमाध्यममा आए पनि काजल र गौतमले यो विषयमा केही बोलेका छैनन् ।

काजलले आफू गर्भवती भएको विषयमा केही नबोले पनि उनले दुई ठूला फिल्मको सुटिङ रोकेपछि उनी गर्भवती भएको हो कि भन्ने अनुमान लगाइएको छ । उनले तत्कालका लागि कुनै पनि नयाँ फिल्ममा सम्झौता गरेकी छैनन् । चाँडै आमा बन्न सक्ने भएकाले पनि उनले सुटिङको काम रोकेको परिवारका एक सदस्यले बताए ।

हालका दिनमा काजलले काम गरिरहेको फिल्म ‘आचार्य’ र ‘घोस्ट’को निर्मातालाई उनी गर्भवती भएको खबर गरिएको छ । निर्माताले पनि उनलाई फिल्मको काम चाँडो गर्न या ब्रेक लिन भनेका छन् ।

सामाजिक सञ्जालमा सक्रिय हुने यी अभिनेत्री लामो समयदेखि सामाजिक सञ्जालबाट पनि टाढिएकी छन् । यसको कारण पनि उनको गर्भावस्थालाई नै मानिएको छ । केही समय अघि काजलको बहिनीले पनि काजल चाँडै आमा बनोस् भन्ने चाहना रहेको खुलाएकी थिइन् ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read