Homeफिल्मसेलिब्रेटीके हो पल शाह र समिक्षा अधिकारी बिचको गसिप ?

के हो पल शाह र समिक्षा अधिकारी बिचको गसिप ?

नेपाली चलचित्र बजार तथा सांगीतिक बजारमा थुप्रै गपिसले स्थान पाउने गर्दछन। कहिले कसको चर्चा,कहिले कसको चर्चाले प्राय बजार तातीरहेको हुन्छ। यहि बजारमा आजकाल नायक पल शाह तथा गायिका समिक्षा अधिकारी केही समयदेखि सांगीतिक बजारको गसिपको केन्द्रमा छन् ।

नायक पल शाह तथा गायिका समिक्षा अधिकारीको सहकार्य मोडल तथा गायिकाको रुपमा मात्र नभई दुबैले भिडियोमा नि संगै अभिनयको काम पनि गरेका छन्। भर्खर मात्र उनीहरुले अभिनय गरेको ‘डिग्री सम्म पढम्ला’ बोलको गीत सार्वजनिक भएको छ। त्यो भन्दा अगाडि पनि केही महिना अगाडि पल र समिक्षाले अभिनय गरेको ‘सुर्ती मोड्दै’ बोलको गीत पनि सार्वजनिक भएको थियो ।

पल र समिक्षाको चर्चा युटुबमा सार्वजनिक हुने म्युजिक भिडियोमा मात्र होइन, टिकटकका कारण पनि खुबै हुन्छ । मायाले भरिएको टिकटकमा समिक्षा र पल दिल खोलैर निकटता देखाउँछन् । समिक्षाले केही समय अगाडि पल शाहको आफू ठूलो फ्यान भएको बताएकी थिइन् । तर, सांगीतिक बजारमा चलेको चर्चालाई मान्ने हो भने पल र समिक्षाको निकटता फ्यान र स्टारको मात्र होइन ।

समिक्षाले स्वर दिएका थुप्रै गीतमा पल शाहले अभिनय गरेका छन् । समिक्षा पनि पलसँग नजिक भएर टिकटक बनाउन उत्साहित हुने गर्छिन् । सामाजिक काममा समेत पललाई समिक्षाले साथ दिदै आएकी छिन् । बेला बेला रियल हिरो भन्दै समिक्षाले पल संगको तस्वीर शेयर गर्ने पनि गरेकी छन्। बिभिन्न सामाजिक काममा निकै नै अग्रसर पल साहलाई समिक्षाले सामाजिक संजाल मार्फत हौसला दीई साथ दिदै आएकी छन्।

वुझिएअनुसार, एक टेलिभिजन कार्यक्रममा पल र समिक्षाको बिषयमा सार्वजनिक हुन लागेको एक रिपोर्ट समेत यी दुईको आग्रहमा रोकिएको थियो । पल र समिक्षा आफूहरुविचको सम्बन्धको गसिप सार्वजनिक नहोस् भन्ने चाहन्छन् । के पल र समिक्षाको सम्बन्ध ‘स्टार र फ्यान’को मात्र हो या त्यो भन्दा पनि माथि छ ? पक्कै पनि यी दुइले चाडै नै मुख खोल्लान् ।

 

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read