Homeसमाचारकक्षा १२ को उत्तरपुस्तिका पल्टाउदै गरेको टिकटक पुरै भाईरल बन्यो !

कक्षा १२ को उत्तरपुस्तिका पल्टाउदै गरेको टिकटक पुरै भाईरल बन्यो !

अहिले टिकटक सबैको लोकप्रिय बनेको छ । आफुमा भएको प्रतिभा देखि लिएर हास्यास्पद भिडियो हालेर धेरै भियुज तान्नेको होडबाजी नै चलेको छ । यस्तै एउटा भिडियो अहिले सामाजिक संजालमा भाईरल भएको छ ।

कक्षा १२ को उत्तरपुस्तिकाको भन्दै सामाजिक सञ्जाल फेसबुक र टिकटकमा भिडियो भाइरल भएको छ । जसमध्ये एउटामा राष्ट्रिय परीक्षा बोर्ड लेखिएको उत्तरपुस्तिका पल्टाइरहेको सजिलै देख्न सकिन्छ ।

विद्यार्थीलाई मोबाइल राख्न नपाउने र उत्तरपुस्तिका परीक्षा हलबाहिर लैजान नपाउने व्यवस्था हुँदा पनि भिडियो कसरी बन्यो भन्ने विषयमा राष्ट्रिय परीक्षा बोर्डले छानबिन गर्ने परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बताए । ‘अब कहाँ र कसले यो भिडियो खिच्यो त्यो हामी छानबिन गर्छौं,’ उनले भने ।

संक्रमणको जोखिमका कारण दुई पटक स्थगित कक्षा १२ को परीक्षा बुधबारदेखि शुरु भएको हो । चार हजार ३१५ परीक्षा केन्द्रमा पौने चार लाख परीक्षार्थी सहभागी रहेको बोर्डले जनाएको छ ।

बोर्डले यस वर्ष प्रश्नपत्र इमेल मार्फत विद्यालयहरुमा पठाइरहेको छ । बोर्डका अनुसार इन्टरनेट नपुगेका ११३ केन्द्रमा प्रश्नपत्र पठाइएको र बाँकी केन्द्रमा परीक्षा हुनु आधा घण्टाअघि इमेलमार्फत प्रश्नपत्र पठाउने व्यवस्था गरेको छ ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read