Home म्युजिक भिडियो ‘डिग्री’ पढ्ने सल्लाह गर्दै पल शाह र समीक्षा अधिकारी

‘डिग्री’ पढ्ने सल्लाह गर्दै पल शाह र समीक्षा अधिकारी

पल शाह र समीक्षा अधिकारी अभिनय रहेको ‘डिग्री सम्म पढाम्ला’ गीत केही दिन अगाडि सार्वजनिक भएको छ । गत वर्ष निक्कै रुचाइएको ‘चाइनेजो’ गीत कै गायक जीवन पन्त र गायिका समीक्षा अधिकारीको आवाज रहेको उक्त गीतका गीतकार तथा संगीतकार भने दीपक शर्मा हुन् ।

श्यामश्वेत रसाइलीको म्युजिक एरेन्ज तथा मिक्सिङ रहेको उक्त गीतको म्युजिक भिडियो निर्देशन भने काजिश श्रेष्ठले गरेका हुन् । गीतको छायांकन अर्जुन तिवारीले गरेका हुन भने सम्पादन पदम सुवेदीले गरेका छन् ।

गायक जीवन पन्तले कलाकारको अभिनयसँगै गीतमा प्रयोग ठेट शब्दले गीतलाई कर्णप्रिय बनाएको बताए ।‘ नायक पल शाह र समीक्षा अधिकारीको जोडीलाई उक्त गीतमा निक्कै सुहाएको छ ।

डिग्रीसम्म पढाम्ला, पुदिनाको अचार, शिरमा लाछा डोरी, सिलौटो, बाबियोको डोरी जस्ता गाउँले अर्गानिक ठेट शब्दहरूले गीतमा निक्कै मिठास थपेको छ । आशा छ उक्त गीत तथा भिडियो लाखौं दर्शक, स्रोताले रुचाउनुहुनेछ,’ पन्तले भने । गीत सार्थक डिजिटल युट्युबको च्यानलबाट सार्वजनिक भएको हो । नेपाली गीत संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल सार्थक डिजिटल म्युजिकले उक्त गीतलाई बजार ब्यवस्थापन गरेको छ ।

ई कागज

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read