ब्वाएफ्रेनले बर्थडे बिर्सिने र आउन सकिन भन्ने अनि सरि भन् भन्दा सरि नभनेको कारण २० बर्षे युवतीद्वारा आत्महत्या प्रयास

0
93

काठमाडौँमा डेरामा बस्दै आएकी २० बर्षे युवतीले आफ्नो ब्वाएफ़्रेनले आफ्नो बर्थडे बिर्सेको र आउन सकिन भनेको र अझै सरि नभनेको कारणले आत्महत्याको प्रयास गरेकी छिन।

ए पी वान टेलिभिजनको एपी टकटाईममा कार्यक्रम प्रस्तोता मनोज जोशी संग कुरा गर्दै प्रहरी नायव महानिरीक्षक उत्तम राज सुबेदीले पछिल्लो समय आत्महत्याको कारण बदलिएको उदाहरण दिदै एउटा अनौठो आत्महत्या प्रयासको कारण सुनाए।

उनले भने , ‘एउटी २० वर्षकि युवती आत्महत्याको प्रयास गर्दागर्दै घरबेटीको सहयोगले गर्दा उहाँले गर्न पाउनु भएन। अनि घरपरिवार र आफन्तले सम्झाउने प्रयास गर्दा सम्झिनु भएन र हामी कहाँ आउनु भयो। हामी कहाँ आउँदा +२ पास गरिसकेको, मोडलिङको कोर्ष पनि गरेको, २० वर्ष उमेर पुगिसकेको एक युवती अनि किन आत्महत्याको प्रयास गरेको भनेर हामिले सोध्दा उहाँको जवाफ के थियो थाहा छ? “मेरो ब्वाई फ्रेन्डले मेरो बर्थडे बिर्सिने र आउन सकिन भन्ने अनि सरि भन् भन्दा सरि नभन्ने, अब म बाँचेर के गर्ने?’

आजकाल सामाजिक संजालको दुरुपयोग भएको र टेक्नोलोजी क्राईम बढेको पनि उक्त कार्यक्रममा बताए। आजभोलीका बालबालिका तथा युवा युवतीले सानो सानो कुरामा आत्महत्याको प्रयास भैरहेको कुरा पनि बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here