Home समाचार दशैंका लागि नयाँ नोट असोज ४ वाट, कहाँ गएर साट्ने ?

दशैंका लागि नयाँ नोट असोज ४ वाट, कहाँ गएर साट्ने ?

नेपाल राष्ट्रबैंकले यस वर्ष दसैँ सुरु हुन केही समयअगाडिदेखि नै नयाँ नोट वितरण गर्ने भएको छ । काठमाडौं उपत्यकाभित्र वाणिज्य बैंक र तिनका शाखामार्फत यही ४ असोजबाट नयाँ नोट सटही सुविधा दिइने भएको छ । उपत्यकाबाहिरका लागि भने राष्ट्र बैंकको प्रेस कार्यालय र वाणिज्य बैंकबीचको समन्वयमा नोट सटहीको समय तोकिने भएको हो ।

राष्ट्र बैंकले प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँसम्म सटही सुविधा दिने भएको हो । ५, १०, २०, ५० र १ सयका प्रतिबन्डलसम्म सटही हुने गरी यो सुविधा दिने भएको हो । करिब १० देखि १२ अर्ब रुपैयाँका सानादरका नोट सटही हुने अनुमान राष्ट्र बैंकको छ ।

‘क’ वर्गका बैंकहरुले समेत दशैंका लागि नयाँ नोट वितरण गर्नेछन् । धेरै जसो बैंकहरुमा नयाँ नोट पुगिसकेको उनले जानकारी दिए । केही विकास बैंक र फाइनान्स कम्पनीहरु समेतले नयाँ नोट लगिसकेका छन् ।

हरेक वर्ष दशैंमा नयाँ नोट वितरण गर्दै आएको राष्ट्र बैंकले गत वर्ष कोभिडका कारण राष्ट्र बैंकले नयाँ नोट वितरण गरेको थिएन । यस वर्ष संक्रमण निकै घटेपछि राष्ट्र बैंकले नयाँ नोट वितरण गर्न लागेको हो । केही वर्ष पहिलेसम्म दशैंका लागि नयाँ नोट लिन राष्ट्र बैंकमा विहानको राति देखि नै सर्वसाधारणहरु लाइन लाग्ने गरेका थिए ।

तर बैंकहरुमा पठाउने र क्षेत्रीय कार्यालयहरु समेतले वितरण गर्ने भएकाले विगतको जस्तो ठूलो भीडभाड नहुने राष्ट्र बैंकले बताएको छ । कार्यकारी निर्देशक नेपालका अनुसार प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले नयाँ नोट वितरण हुनेछ ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read