Home समाचार सुर्खेतमा बस र ट्रक ठोक्किँदा १० जना घाइते

सुर्खेतमा बस र ट्रक ठोक्किँदा १० जना घाइते

सुर्खेतको भेरीगंगा नगरपालिका–५ मा भएको सवारी दुर्घटनामा १० जना घाइते भएका छन् ।

बबईबाट छिन्चुतर्फ जाँदै गरेको ना७ख ६३६५ नम्बरको बस र विपरीत दिशातर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश–०१–०० ख २५०६ नम्बरको ट्रक गए राति करिब पौने ११ बजे आपसमा ठोक्किएका थिए ।

घाइते सबैलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज कोहलपुर ल्याइएको छ । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

दुवै सवारीसाधनसहित चालकलाई अस्थायी प्रहरी पोस्ट बबईले नियन्त्रणमा लिएको छ ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read