HomeUncategorizedविष्णु माझीबारे प्रहरीको सोधपुछ, विष्णु माझीको माइतीघरमै पुग्यो प्रहरी

विष्णु माझीबारे प्रहरीको सोधपुछ, विष्णु माझीको माइतीघरमै पुग्यो प्रहरी

गएको ३-४ हप्ता देखि सामाजिक सञ्जालमा बिष्णु माझीको सर्वत्र चर्चा तथा खोजी भैरहेको छ। सामाजिक सञ्जालमा चर्चित गायिका विष्णु माझीको अवस्थाबारे विभिन्न टिकाटिप्पणी हुन थालेपछि प्रहरीले माइती पक्षसँग सोधखोज गरेको छ।

सोमबार जिल्ला प्रहरी कार्यालय स्याङ्जाका एसपी होबिन्द्र बोगटी नेतृत्वको टोली माझीको माइतीघर रहेको स्याङ्जाको चापाकोटमा पुगेर सोधखोज गरेको हो ।

सोधेखोजका क्रममा माझी नआएको वर्षौँ भइसकेको जानकारी आएको बोगटीले जानकारी दिए । उनका अनुसार राष्ट्रिय मानवअधिकार आयोगले माझी लामो समयदेखि सार्वजनिक नभएको भन्दै उनको अवस्थाबारे सत्यतथ्य सार्वजनिक गर्न आग्रह गर्दै जिल्ला प्रशासन कार्यालय स्याङ्जामा पत्र पठाएको थियो ।

सोही पत्र प्रशासनले प्रहरीमा पठाएपछि बोगटी नेतृत्वको टोली माझीको अवस्थाबारे बुझ्न माइतीघर रहेको चापाकोट पुगेको हो ।
बोगटीले प्रहरी पत्रको आधारमा माइतीपक्षका आफन्तकहाँ बुझ्न पुगेको भएपनि आफूहरुले उनीहरुलाई झिकाउने लगायतका प्रक्रियाका सन्दर्भमा भने कसैले लिखित उजुरी दिएको सन्दर्भमा मात्रै हुनसक्ने बताए । पत्र आएपछि सोधखोज गर्नु सामान्य प्रक्रिया भएको पनि उनको भनाइ छ ।

 

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read