Homeफिल्मसेलिब्रेटीपूजा भन्छिन् : 'म बाघ हु ,मलाई कोही चाहिँदैन'

पूजा भन्छिन् : ‘म बाघ हु ,मलाई कोही चाहिँदैन’

प्रेम सम्बन्धको चर्चामा नायिका पूजा शर्मा फिल्मी क्षेत्रमा अग्र स्थानमा छिन् l शर्माको अहिलेका चर्चित अभिनेता देखी निर्देशक सँग नाम जोडिएर खबर आउने गर्द छ l जसमा पल शाह ,आकाश श्रेष्ठ र निर्देशक सुदर्शन थापा l तर यी तिनै सँग भने पूजाको सम्बन्ध बिग्रिसकेको छ ल

हालै निर्देशक सुदर्शन थापाले संचारकर्मी सुप्रिया कटुवाल सँग इन्गेजमेन्ट गरेको खबर बाहिरिए पछी पूजाको चर्चा झनै चुलिएको छ l पूजा शर्माले सुदर्शन दम्पतीको तस्बिर राख्दै बधाई दिएपछि दर्शकको नकारात्मक कमेन्ट र पत्रकारको प्रश्नको उत्तर दिन उनलाई भ्याइ नभ्याई छ l

सुदर्शनको इन्गेजमेन्टमा किन गइनन् पूजा लगायतका समाचारहरू सम्प्रेषण भई रहेका छन् l तर पूजाले उक्त समाचार र नकारात्मक कमेन्टलाई वास्ता भने गरेकी छैनन् l किन भने उनले आफूले आफैलाई ‘बाघ’ को उपमा दिएकी छिन् l

मुन्द्रेको कमेडी क्लबमा अतिथि भएर पुगेकी पूजालाई ‘तपाईँलाई सबैले छोडे तपाईँ एक्लो भएको हो ? भने प्रश्नमा उनले उक्त अभिव्यक्ति दिएकी हुन l ‘बाघ हुँ’ म निडर छु l म कसैको भरमा पनि बस्दिन l कसैले केही गर्देला भन्ने मलाई आस नै छैन l हामी एक्लै आएको हो र एक्लै नै जाने हो l मलाई कोही पनि चाहिँदैन l फिल्मको प्रमोसनमा पो हामीलाई सपोर्टको जरुरी छ’ l उक्त कुरा बोल्दै गर्दा हास्य कलाकार जितु नेपालले पूजाको कुरालाई बिचैमा काटेका थिए l

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read