Home अर्थ तेह्रथुम पावरको आईपीओ आज बाँडफाँड हुँदै, यसरी हेर्नुहोस् रिजल्ट

तेह्रथुम पावरको आईपीओ आज बाँडफाँड हुँदै, यसरी हेर्नुहोस् रिजल्ट

तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओ आज बाँडफाँड गरिने भएको छ । कम्पनीको आईपीओ आज (भदौ २५ गते, शुक्रबार) बिहान बाँडफाँड गरिने बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ । बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको केन्द्रिय कार्यालय लाजिम्पाटमा शुक्रबार बिहान १० बजेतिर बाँडफाँड गरिने भएको हो ।

कम्पनीले भदौ ९ गतेदेखि भदौ १३ गतेसम्म ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आईपीओ बिक्री खुल्ला गरेको थियो । जसमध्ये ५५ अर्थात् ४० हजार कित्ता म्युचुअल फन्डलाई, २५ अर्थात् १६ हजार कित्ता कर्मचारीहरूलाई सुरक्षित गरी बाँकी ७ लाख ४४ हजार कित्ता सर्वसाधारणलाई छुट्याइएको थियो ।

कम्पनीको आईपीओमा २३ लाख ९६ हजार ३ सय ४८ जना आवेदकले ३ करोड १२ लाख ४६ हजार ९ सय १० कित्ताका लागि आवेदन दिएका छन् । यो माग गरिएकोभन्दा ४१.७९ गुणा बढि आवेदन परेको हो ।

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोला प्रथा विधिबाट १० कित्ताका दरले बाँडफाँड गरिने छ । जसमा ७४ हजार ४ सय जनाले मात्रै आईपीओ पाउनेछन् । आवेदन दिएका कूल आवेदकमध्ये २३ लाख ३१ हजारभन्दा बढीको हात रित्तो हुनेछ ।

आईपीओ बाँडफाँडपश्चात रिजल्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

www.https://iporesult.cdsc.com.np/

www.meroshare.cdsc.com.np
( By login Mero share, You found Result in My ASBA menu & Application Report Submenu)

https://meroshare.cdsc.com.np/#/login 

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read