Homeफिल्मसेलिब्रेटीछोरा पाएपछी ऋचा शर्माले लेखिन यस्तो स्टाटस,राखिन छोराको नाम यस्तो

छोरा पाएपछी ऋचा शर्माले लेखिन यस्तो स्टाटस,राखिन छोराको नाम यस्तो

अभिनेत्री ऋचा शर्मा आमा बनेकी छिन । गत वर्ष दिपेक्षविक्रम राणासँगै विवाह बन्धनमा बाँधिएकी ऋचालाई पुत्र लाभ भएको छ ।

उनले बुधबार बिहान ७ बजेर ५२ मिनेटमा छोरालाई जन्म दिएकी हुन्। काठमाडौं थापाथलीस्ठित नर्भिक अस्पतालमा अपरेसनपछि जन्मिएको बच्चाको तौल तीन किलो एक सय ग्राम रहेको थियो। 

उनी लेख्छिन,” छोरा जन्मिएपछी छोरा र पति सहितको आफ्नो तस्वीर शेयर गर्दै सामाजिक संजालमा उनले निकै भावुक स्टाटस शेयर गरेकी छन।
आज धेरै कुराहरु लेख्छु भनेर सोचिरहेको थिए, यो ९ महिनाको मनोवाद सब पोख्छु भनेर सोचिरहेको थिए। तर आज शब्दको अभाव महशुस भइरहेको छ,भावनालाई कसरी बुनुम भइरहेको छ। हिजो सम्म आफै केटा केटी छु जस्तै लागिरहेको थियो। आज एकाएक परिपक्व भएको झै आभास भइरहेको छ। सोच्दा पनि पृथिवी बोके झै लाग्छ,आज मलाई आमा भन्ने कोही खासको आगमन भएको छ। अनेक कुराहरु मनमा खेलिरहेका छन। उत्सुकता, अस्थिरता, हर्ष, पीर, डर, दृढ़ता, संकल्पहरुको बाढ़ी मन भित्र चलिरहेको छ। पर्दामा अनेक भूमिका निभाउदा निभाउदै आज पर्दा बाहिर आमा बन्ने सौभाग्य पाउदा, यो जत्तीको महत्वपूर्ण र न्यानो चरित्र सायद मैले कहिले निर्वाह गर्ने मौका पाएको थिइन जीवनमा आज सम्म के कति कमाए लेखा-जोखा छैन, तर आमा झै माया गर्ने सासु आमा हुनुहुन्छ, बुवा झै आशीष दिने ससुरा बुवा हुनुहुन्छ, र मनले मागे भन्दा बढ़ी बुझिदिने दिने जीवनसाथी। आज सन्तानको आगमन सँगै म जत्तिको धनी मान्छे कोही छैन झै लागिरहेको छ। बाटो लामो छ। एउटा असल आमा जो एउटा दरिलो साथी पनि बन्न सकोस र छोरालाई पुरुष मात्र नभएर असल मान्छे बनाउन सकु भन्ने मात्र लोभ छ अब। यो यात्रामा तपाईहरु सम्पूर्ण शुभचिन्तकहरुको सधै झै माया, मार्गदर्शन, शुभेक्षा र आशीशको अपेक्षा गर्दछु। छोरा आभ्यान बिक्रम राणाको (Aavyan Bikram Rana)तपाइहरु सम्पूर्णलाई न्यानो माया।”                                                                                                                           उमा, लुट लगायतको दर्जनौँ चलचित्रमा काम गरिसकेकी ऋचा हालै कमेडी च्याम्पियन नामक कमेडी रियालिटी सोमा जजको रूपमा रहेकी थिइन् । उनले आफ्नो स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै यो साताबाट कमेडी च्याम्पियनमा उपस्थित नहुने जानकारी समेत गराएकी थिइन ।

अभिनेत्री ऋचा शर्मा संगसंगै अभिनेत्री प्रियंका कार्की पनि चाढै आमा बन्दै छिन।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read