Homeअन्तर्राष्ट्रियसबैभन्दा सुरक्षित जेलबाट फिल्मी शैलीमा भागे ६ प्यालेस्टाइनी कैदी, चम्चाले खने सुरुङ!

सबैभन्दा सुरक्षित जेलबाट फिल्मी शैलीमा भागे ६ प्यालेस्टाइनी कैदी, चम्चाले खने सुरुङ!

इजरायलको सबैभन्दा सुरक्षित जेलबाट ६ प्यालेस्टाइनी कैदी भागेपछि यो घटनालाई विभिन्न चलचित्रको कथासँग दाँजिएको छ। झनै चम्चाको सहारामा सुरुङ खनेर उनीहरु भागेपछि यो घटना विश्वचर चर्चामा आएको हो।

वास्तवमा इजरायल र प्यालेस्टाइनबीच धर्मको विषयसँगै भूराजनीतिक विवाद छ। यसबीचमा इजरायलको जेलबाट प्यालेस्टाइनी कैदी भागेपछि प्यालेस्टाइनको गाँजा शहरमा उत्सव मनाइएको बीबीसीले जनाएको छ।

इजरायलको गिल्बाआ जेल त्यहाँकै सबैभन्दा सुरक्षित जेल हो। तर महिनौं चम्चाको सहारामा ६ कैदीले सुरुङ खनेको कसैले चाल नै पाएनन्। हाल इजरायली अधिकारीले उनीहरुको खोजी अभियान तीव्र पारेका छन्।

किसानहरुले आफ्नो खेतमा सुरुङ देखेपछि उनीहरुले प्रहरीलाई यसबारे जानकारी दिएका थिए। त्यसपछि मात्र कैदी फरार भएका विषय थाहा भएको थियो। किसानहरुले कैदीहरु भागेको देखेको पनि बताएका छन्।

यो घटनासँगै प्यालेस्टाइनको हमास लडाकुले भागेका कैदीलाई बहादुरको संज्ञा दिएका छन्। इजरायलको जल सेनाले भने यो घटनालाई ठूलो कमजोरी भनेको छ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read