Homeफिल्मबलिउडअक्षय कुमारकी आमाको निधन : भावुक हुदै लेखे यस्तो स्टाटस

अक्षय कुमारकी आमाको निधन : भावुक हुदै लेखे यस्तो स्टाटस

बलिउड अभिनेता अक्षय कुमारकी आमा अरुणा भाटियाको ७७ वर्षको उमेरमा निधन भएको छ । उनकी आमा विगत लामो समयदेखि बिरामी थिइन् । अक्षय कुमारले सोसल मिडियामा आफ्नी आमाको निधनबारे जानकारी दिए । साथै अभिनेताले आमाको नाममा एउटा भावुक पोस्ट पनि सेयर गरेका छन् ।

सामाजिक संजालमा अक्षयले भावनात्मक स्ट्याटस पोस्ट गर्दै लेखेका छन्, ‘आज म असहनीय पीडा महसुस गरिरहेको छु । मेरी आमा श्रीमती अरुणा भाटिया शान्तिपूर्वक आज बिहान यो संसार छोडेर अन्य संसारमा मेरो बुबासँग मिल्न पुग्नुभएकाे छ । म तपाईंहरू सबैको प्रार्थनाको सम्मान गर्छु । ओम शान्ति ।’

अक्षयकी आमा अरुणा लामो समय देखि बिरामी थिइन् । शुक्रबार स्वस्थ्य अवस्था बिग्रिएपछि उनलाई मुम्बईस्थित हिरानन्दानी अस्पतालको आइसियुमा भर्ना गरिएको थियो ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read