Home समाचार नारायणहिटीमा एलिजाबेथले उपहार दिएको सुनौलो बग्गी सार्वजनिक

नारायणहिटीमा एलिजाबेथले उपहार दिएको सुनौलो बग्गी सार्वजनिक

नारायणहिटी दरबार संग्रहालयमा सुनौलो बग्गी सार्वजनिक गरिएको छ ।

तत्कालीन राजाले राज्याभिषेक र विशेष समारोहमा प्रयोग गर्ने बग्गी सोमबार बिहान सार्वजनिक गरिएको हो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव प्रसाद कोइरालाले बग्गी सार्वजनिक गरे ।

यो बग्गी बेलायतकी महारानी एलिजाबेथले २०३१ सालमा दिएकी थिइन् । नारायणहिटी दरबार संग्रहालयका प्रमुख भेषनारायण दाहालका अनुसार सो बग्गी तत्कालीन राजा वीरेन्द्रको राज्याभिषेकमा पहिलोपटक प्रयोग गरिएको थियो ।

कार्यक्रममा दिइएको जानकारीअनुसार यस्तै खालको अर्को बग्गी बकिंघम दरबारमा छ । जुन महारानी एलिजावेथ चढ्ने गर्छिन् ।

 

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read