Homeसमाचारआज यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना

आज यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना

आज आइतबार मुलुकका विभिन्न क्षेत्रमा वर्षाको आँकलन गरिएको छ। बिहान काठमाडौंको आकाश पनि धुम्म छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहेर केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।

सोमबार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको आँकलन गरिएको छ । सोमबार राति प्रदेश १, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना छ ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read