Home समाचार अर्घाखाँचीमा माइक्रोबस दुर्घटना : एक जनाको मृत्यु, १० जना घाइते

अर्घाखाँचीमा माइक्रोबस दुर्घटना : एक जनाको मृत्यु, १० जना घाइते

अर्घाखाँचीको शितगंगा नगरपालिकाको ठाडामा भएको हायस माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

दुर्घटनामा परी १० जना घाइते भएका छन्। काठमाडौंबाट अर्घाखाँची आउदै गरेको लु ३ ख ८६३९ नम्बरको हायस आज बिहान सितगंगा नगरपालिका वडा नं ३ मा सडकदेखि करिव ४०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

दुर्घटनामा भूमिकास्थान–९ ढिकुराका सञ्जय विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अम्मर थापाले बताए। घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको छ। घाइते छ जनालाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा सामान्य उपचारपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाएको इलाका प्रहरी कार्यलय ठाडाका प्रहरी निरीक्षक सन्दीप बेल्वासेले जानकारी दिए।

७ जनाको प्राथामिक स्वास्थ्य चौकी ठाडामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी प्रहरी निरिक्षक गणेश खनालले जानकारी दिए।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read