Home समाचार बानेश्वरस्थित बागमती खोलामा पुरूषको शव फेला

बानेश्वरस्थित बागमती खोलामा पुरूषको शव फेला

काठमाडौंको बानेश्वरस्थित बागमती खोलामा एक पुरूषको शव फेला परेको छ।

शुक्रबार बिहान सवा ६ बजे काठमाडौं महानगरपालिका वडा नम्बर ३१ नयाँ बानेश्वर बागमती खोलामा पुरूषको फेला परेको महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रहरी नायब उपरीक्षक मिमबहादुर लामाले जानकारी दिए।

मृतक काभ्रे घर भएका बिक्रम तामाङ हुन्। उनको शव बिहान गस्ती गएको प्रहरीको टोलीले भाषा आयोगको कार्यालय अगाडि रहेको बागमती खोलामा फेला पारेको थियो।

उनी काठमाडौंमा कहाँ बस्ने गर्थे भन्ने अहिले नखुलेको प्रहरी नायब उपरीक्षक लामाले बताए।
‘उहाँको परिवारहरू आउँदै हुनुहुन्छ। सबै विवरण अहिले पछि खुल्छ,’ उनले भने,’घटना शंकास्पद देखिन्न।’

शव पोष्टमार्टमका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पठाइएको छ।मृत्युको कारण पोष्टमार्टमपछि खुल्ने प्रहरीले जनाएको छ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read