Home समाचार बाढीमा परेर न्युयोर्कमा तीन नेपालीको निधन

बाढीमा परेर न्युयोर्कमा तीन नेपालीको निधन

न्युयोर्कमा बुधवार परेको अविरल वर्षाका कारण एकै परिवारका तीन जना नेपालीको मृत्यु भएको छ ।

परिवारिक स्रोतका अनुसार न्युयोर्कमा भएको यो घटनामा परी मृत्यु हुनेमा सोलुखुम्बु जुनबेसीका ४९ वर्षीय आङ्गेलु लामा, उनकी २० वर्षीया श्रीमती मिङ्मा याङ्जी शेर्पा र १९ महिनाको छोरा लोप्साङ लामा छन् ।

उनीहरु न्युयोर्कको उडसाइडस्थित एउटा घरको वेसमेन्टमा बस्दै आएका थिए ।स्रोतका अनुसार, उनीहरु सुतेको समयमा घरभित्र बाढी पसेको थियो ।लामा परिवारको मृत्यु लगत्तै सुरक्षा निकायले बिहानै उनीहरुको शव व्यवस्थापन गरी छानबिन प्रक्रिया अगाडि बढाएको जनाइएको छ ।मृतक लामा विगत १४ वर्षदेखि न्युयोर्कमा बसोबास गदै आउनु भएको थियो ।‘अकल्पनीय घटनामा हाम्रो परिवारको सदस्य गुमाउनु पर्दा हामीलाई निकै दुस्ख लागिरहेको छ ’ आङ गेलु लामाका दाइ लातेन लामाले बताउनु भयो ।

न्युयोर्कमा परेको अविरल वर्षाका कारण एक दर्जनभन्दा बढीको मृत्यु भएको छ भने करोडौँ मूल्य बराबरको धनमाल क्षति भएको छ ।यसैबीच, न्युयोर्कस्थित शेर्पा किदुंगले मृतक लामाको परिवारको दुःखद निधनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ ।अमेरिकास्थित नेपाली दूतावासले भने यस विषयमा न्युयोर्क आधिकारिक जानकारी गराएको छैन ।

स्थानीय क्यूएनएस अनलाइनले पनि तीन नेपालीको मृत्यु भएको समाचार प्रकाशित गरेको समाचार गोरखापत्रमा प्रकाशित छ ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read