Homeसमाचारयिनै हुन् दुई दिदिबहिनि जसलाई तीज काल बनेर आयो !

यिनै हुन् दुई दिदिबहिनि जसलाई तीज काल बनेर आयो !

दुई महिना पुग्नै लाग्दा पनि पुल निर्माणको काम कत्ति पनि अघि बढेन । फलस्वरुप बुधबार राति निकै दुःखद घटना भयो । दाङमा सिस्नेखोलामा आएको बाढीले जीप बगाउँदा चारजनाको मृत्यु भएको छ । घोराही-लमही सडक खण्डको घोराही उपमहानगरपालिका–४ स्थित सिस्नेखोलामा आएको बाढीले बुधबार राति १० बजे जीप बगाउँदा ४ जनाको ज्यान गएको हो । मृत्यु हुनेमा एकै घरमा दुई दिदीबहिनीसहित चारजना रहेका हुन् ।

तिजका सामग्री किनमेल गर्ने भनी चालकसहित पाँचजना कार रिजर्भ गरेर भारतको रुपैडिहा गएका थिए । सामान किन्दा–किन्दा रुपैडिहाबाट फर्किने क्रममा रात परिसकेको थियो । राति १० बजे सिस्नेखोला पुगे । महिलाहरूको महान् पर्वका रूपमा लिइने तिज मनाउन सामान ल्याएर फर्किँदै थिए । तर, उनीहरूको तिज मनाउने सपना चकनाचुर पार्‍याे ‘सिस्नेखोलाले ।’

त्यो दिन खोला ठूलो आएको थियो । ठूला सवारीसाधनहरू आवतजावत गर्न सक्ने भए पनि साना सवारीसाधनहरू आवतजावत गर्न सक्ने अनस्था थिएन । अन्ततः कार पनि बग्यो । चालक हाम फालेर बाँच्न सफल भए । तर, अन्य चार महिलाको मृत्यु भयो । मृत्यु हुनेमा दुईजना एकै घरका हुन् ।

घोराही उपमहानगरपालिका– १३ निवासी ३२ वर्षीया सुशीला श्रेष्ठ र घोराही– १४ निवासी ३० वर्षीया राधा श्रेष्ठ दुई बहिनी हुन् । उनीहरू घोराही उपमहानगरपालिका– १६ का वडा सदस्य जगत श्रेष्ठका छोरीहरू हुन् । उनका दुईजना मात्रै छोरी थिए । उनीहरू दुवैजनाको बिहे भइसकेको थियो । जेठी छोरी सुशीलाका सन्तान छैनन्, तर कान्छी छोरी राधाको १२ वर्षको एउटा छोरा छन ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read