Home अर्थ मानुषी लघुवित्तको आइपीओले कति पाउला ओपनिङ्ग रेञ्ज ?

मानुषी लघुवित्तको आइपीओले कति पाउला ओपनिङ्ग रेञ्ज ?

मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन २७ गतेदेखि साउन ३१ गतेसम्म निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड भदाै ७ गते, साेमबार भइसकेकाे छ ।

संस्थाकाे आईपीओ बाँडफाँड भएपछि आईपीओ पर्ने लगानीकर्ताहरूलाई संस्थाकाे आईपीओले कति ओपनिङ्ग रेञ्ज पाउला भन्ने चासाेकाे विषय बनेकाे छ । त्यसैले यहाँ हामी साेही विषयमा कुरा गर्नेछाैँ ।

नेप्सेले संस्थाकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम १३२ रूपैयाँ ६९ पैसादेखि अधिकतम ३९८ रुपैयाँ ०७ पैसासम्म ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गर्ने सम्भावना रहेकाे छ । नेप्सेले हरेक कम्पनीकाे पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज ताेक्ने गर्दछ ।

मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे आर्थिक वर्ष २०७६/७७ को प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ ६९ पैसा रहेको छ । साेही नेटवर्थकाे ३ गुणा ३९८ रुपैयाँ ०७ पैसा हुन्छ ।

संस्थाले साउन २७ गतेदेखि साउन ३१ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरमा ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गरेकाे थियाे । जसमध्ये ५ हजार ४६९ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १९ हजार ६८८ कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी ३ लाख ६८ हजार ५९३ कित्ता सेयरका सर्वसाधारणहरूका लागि छुट्याइएकाे थियाे ।

मागभन्दा धेरै आवेदन परेकाे हुनाले आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिएकाे थियाे । अन्तिम दिनसम्ममा २३ लाख ६१ हजार ८ सय २७ जना आवेदकले आवेदन दिएकोमा ७ हजार ४३ जनाको आवेदन रद्द भएको छ । त्यसैले बाँडफाँडमा २३ लाख ५४ हजार ७ सय ८४ जना याेग्य आवेदकलाई समावेश गराइएकाे थियाे । गोलाप्रथाबाट वितरण गर्दा ३६ हजार ८ सय ५९ जनाले १० कित्ता सेयर पाएका थिए । जसमध्ये ३ जना आवेदकले थप १ कित्ता गरेर कूल ११ कित्ता सेयर पाएका थिए । बाँकी २३ लाख २४ हजार आवेदकको भने हात खाली भएकाे थियाे ।

मानुषी लघुवित्त वित्तीय संस्था कम्पनी ऐन २०६३ तथा बैंक तथा वित्तीय संस्था ऐन २०७३ अन्तर्गत स्थापित संस्था हो । लघुवित्त २०७५ असार १० गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक कम्पनीको रुपमा दर्ता भएको हो । यस्तै संस्थाले २०७५ असाेज २५ गतेदेखि नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबारको लागि अनुमति पाएर २०७५ मंसिर १ गतेदेखि कारोबार सुरु गरेको थियो ।

संस्थाले आर्थिक वर्ष २०७९/८० सम्ममा प्रतिसेयर नेटवर्थ १७३ रुपैयाँ २५ पैसा र प्रतिसेयर आम्दानी २६ रुपैयाँ ८४ पैसा पुग्ने प्रक्षेपण गरेको छ ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read