Homeअर्थनिफ्रा बैंकमा कर्मचारी आवश्यकता, आवेदन कसरी दिने ?

निफ्रा बैंकमा कर्मचारी आवश्यकता, आवेदन कसरी दिने ?

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले विभिन्न पदका लागी कर्मचारी मागेको छ । बैंकले विभिन्न तहका १३ जना कर्मचारी मागेको हो ।

बैंकले इन्फ्रा एक्सिलेन्स सेन्टर लागि असिस्टेन्ट म्यानेजर १ जना, जोखिम प्रबन्धक (रिस्क म्यानेजमेन्ट) का लागि असिस्टेन्ट म्यानेजर १ जना, क्षेत्रीय नेतृत्व (सेक्टरल लिड्स) मा ४ जना, संस्थान तथा सरोकारवाला संलग्नता र नीति कार्यान्वयन (लिड इन्स्टिट्यूसन एण्ड स्टेकहोल्डरर्स इन्गेजमेन्ट एण्ड पोलिसी एड्भोकेसी) मा १ जना, फाइनान्स र अकाउन्ट शाखामा जुनियर अफिसर १ जना, रिस्क म्यानेजमेन्टमा जुनियर अफिसर १ जना, प्रोजेक्ट फाइनान्सिङ्मा जुनियर अफिसर २ जना, असिस्टेन्ट, सिनियर असिस्टेन्ट र सुपरभाइजर पदमा २ जना गरी १३ जना कर्मचारी आवश्यक रहेको जनाएको छ ।

इच्छुक योग्यता पुगेको आवेदकले भदौ २३ गते (सेप्टेम्बर ८ तारिख) सम्म आवेदन दिन सक्नेछन् ।

आवेदन दिनका लागी बैंकको इ–मेल आइडी Vacancy@nifrabank.com आफ्नो प्रमाण पत्र र बायोडाटा पठाउन सकिन्छ । त्यस्तै, बैंकको https://www.nifrabank.com/career मा गएर पनि आवेदन दिन सकिन्छ ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read