Home अर्थ सेयर बजारमा फेरि बाढी, कतिले घट्यो नेप्से ?

सेयर बजारमा फेरि बाढी, कतिले घट्यो नेप्से ?

साताको तेस्रो कारोबारको दिन मगंलबार सेयर बजार परिसूचक (नेप्से) ६९.५ अंकले घटेको छ ।

यस दिन कारोबारको अन्तिमसम्ममा नेप्से परिसूचक २.२७ प्रतिशतले घटेर २९७५.८४ बिन्दुमा पुगेको छ । सेन्सेटिभ परिसूचक भने १२.३४ अंकले घटेर ५५०.५२ बिन्दुमा पुगेको छ ।

यस दिन कारोबारमा आएका १३ वटा उपसमूहमध्ये सबै उपसमूहको सूचक घटेका छन् ।

त्यस्तै, २ सय २७ कम्पनीका २ करोड ३१ लाख ९ हजार ७ सय १३ कित्ता सेयर खरिदबिक्री हुँदा १३ अर्ब २५ करोड ९६ लाख ९६ हजार १ सय ७ रुपैयाँको खरिद बिक्री भएको छ ।

यस दिन कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडको सेयर मूल्य साढे ७ प्रतिशतले बढेको छ

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read