Homeसमाचारधादिङमा ब्रेक फेल भएर मिनि ट्रक दुर्घटना, ३५ घाइते मध्य गम्भिरलाई हेलिकप्टर...

धादिङमा ब्रेक फेल भएर मिनि ट्रक दुर्घटना, ३५ घाइते मध्य गम्भिरलाई हेलिकप्टर मार्फत काठमाडौ

धादिङको ज्वालामुखी गाउँपालिकामा भएको मिनि ट्रक दुर्घटनाका घाइतेलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । खरीबाट जिल्ला सदरमुकाम धादिङबेसी आउँदै गरेको मिनी ट्रक दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी ३५ जना घाइते भएको ज्वालामुखी गाउँपालिकाका अध्यक्ष विनोदराज तिमल्सेनाले जानकारी दिए । घाइतेमध्ये १६ जनाको अवस्था गम्भीर रहेको उनले बताए ।

सदरमुकाम नजिकैको बगैंचा भन्ने स्थानमा सोमबार बिहान साढे ९ बजेको समयमा बा ३ ख ५६२३ नम्बरको ट्रक ब्रेक फेल भएर अनियन्त्रित हुँदा रोकीराखेको बा ३ ख ५७४४ नम्बरको टिपरमा ठो क्कि एको अध्यक्ष तिमल्सेनाले बताए ।

दुर्घटनामा परी गम्भीर घाइते भएका ४ जनालाई उद्धार गरी थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएका छ । गम्भीर घाइते मध्ये १२ जनालाई जिल्ला अस्पतालमा सामान्य उपचार पछि एम्बुलेन्समार्फत काठमाडौं पठाइएको उनले बताए ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read