Home अर्थ तेह्रथुम पावरको आइपीओमा कति पर्यो आवेदन, कतिको हात रित्तो?

तेह्रथुम पावरको आइपीओमा कति पर्यो आवेदन, कतिको हात रित्तो?

तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओमा भदौ १३ गते अन्तिम दिनसम्म २४ लाख भन्दा बढीको आवेदन परेको छ । बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलका अनुसार आइतबार साँझ ५ बजेसम्म २३ लाख ८८ हजार ३३२ जना आवेदकले ३ करोड १० लाख ९२ हजार ३० कित्ताका लागि आवेदन दिएका छन् । यो माग गरिएकोभन्दा ४१.७९ गुणा बढि आवेदन परेको हो । यो संख्या थपघट हुनसक्छ ।

तेह्रथुम पावरको आईपीओमा आवेदन दिने हिजो अन्तिम दिन रहेको थियो । कम्पनीले बुधबारदेखि १ सय रुपैयाँ अंकित दरमा ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता शेयर निष्काशन गरेको थियो । जसमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई र बाँकी ७ लाख ४४ हजार कित्ता शेयरको लागि मात्रै सर्वसाधरणका लागि छुट्याएको थियो ।

हाल कम्पनीको चुक्ता पूँजी २८ करोड रुपैयाँ रहेको छ । स्थानियलाई ४ करोड रुपैयाँ र सर्वसाधारणलाई ८ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन पछि कम्पनीको चुक्ता ४० करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोला प्रथा विधिबाट १० कित्ताका दरले बाँडफाँड गरिने छ । जसमा ७४ हजार ४ सय जनाले मात्रै आईपीओ पाउनेछन् । आवेदन दिएका कूल आवेदकमध्ये २३ लाख ३१ हजारभन्दा बढीको हात रित्तो हुनेछ ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read