Home Uncategorized पारस शाहको क्यारिकेचर गरेर कमेडी च्याम्पियनमा भरतमणि सिधै फाइनलमा प्रवेश

पारस शाहको क्यारिकेचर गरेर कमेडी च्याम्पियनमा भरतमणि सिधै फाइनलमा प्रवेश

रियालिटी शो ‘कमेडी च्याम्पियन’ को ट्रेलर सार्वजनिक भएसंगै प्रतिस्पर्धी भरतमणि पौडेलको वाहवाही सुरु भएको थियो । सो भिडियो युट्युवको ट्रेण्डिङमा छ । शनिबार राति पूर्वयुवराज पारस शाहको गेटअपमा देखिएका भरतमणीले बबाल गरेका छन् । पारसको गेटअपमा प्रस्तुत भएका उनले जज र दर्शकको भरपुर मन जितेर सिधै फाइनलमा पुगे । ।

उनले प्रस्तुतिका क्रममा पारसको जस्तै हाउभाउ र लबजमा आफ्नो व्यङ्ग पस्किए भने सो क्रममा दर्शक र तथा जजबाट तालीको वर्षा पाए । सो क्रममा उनले पारसको स्वाभाव र बानीबेहोराका साथै वर्तमान राजनीतिक परिस्थितिप्रति पनि व्यङ्ग्य पस्किन भ्याए ।

अन्तिम ४ को प्रतिस्पर्धामा उनको उत्कृष्ट प्रस्तुती भएको भन्दै सिधै फाइनलमा जजहरुले लगेका छन् । अब बाँकी रहेका तीन प्रतिस्पर्धीबाट दुई जना छनोट गरेर फिनाले हुनेछ । उसो त पौडेलको पारसको गेटअफको ट्रेलरकै निकै चर्चा भएको थियो । ताप्लेजुङका पौडेललाई कमेडी च्याम्पियनको दाबेदारको रुपमा हेरिँदै आएको छ । उनको प्रस्तुती सकिने वित्तिकी नेकपा एमालेका सचिव तथा ताप्लेजुङका नेता योगेश भट्टराईले समेत उनको प्रशंसा गरेका छन् ।

उनले सामाजिक सञ्जाल मार्फत भरतमणीको प्रशंसा गर्दै विजेताको दावेदार भनेका छन् । यस अघि पनि योगेशले भरतमणीलाई पुरस्कार दिने घोषणा गरेका थिए । आफ्ना क्षेत्रका कलाकारहरुको सम्मानका लागि योगेश लगायतका स्थानिय नेताहरुले आर्थिक सहायता कोष स्थापना गरेका छन् । त्यसै मार्फत भरतमणीलाई ७ लाख दिने घोषणा गरिएको हो । शनिबार प्रशारण भएको कमेडी च्याम्पियनको अन्तिम ४ को प्रतिस्पर्धामा पारसको गेटअपमा मञ्चको एक कुनामा बसिरहेका उनलाई कसैले भन्छ–ल जाउँ सरकार । उनको जवाफ हुन्छ–म किन जाने ? किन जाने ?

पारसको क्यारिकेचर गर्दै भरतमणिले यति भनेपछि दर्शकदिर्घाबाट सुरु हुन्छ, हुटिङ । त्यसपछि पारसले सन्तोष दाइ ९सन्तोष पन्त० ले बोलाएर आफू जान तयार रहेको बताउँछन् भने पन्तले ‘जाउँ’ भनेपछि म्युजिक बजाउन अनुरोध गर्छन् र सुरु हुन्छ पारस शैलीको डान्स– ‘रोल्पा बक्यिोस् कि मलाई रुकुम बक्यिोस्, ज्यानै चढाइ दिउँला सिरिफ हुकुम बक्सियोस्’ यो गीतमा पौडेलको पारसको हाउभाउवाला डान्सबाट माहोल थप तातिन्छ । अनि थप अघि बढ्छ उनको प्रस्तुति ।

प्रस्तुतिका क्रममा उनले जजहरुलाई जोडेर कमेडी पस्किए । त्यसपछि पारसले मोटरसाइकलमा सवार हुँदा हेलमेट नलाएको प्रति व्यङ्ग्य पस्कियो भने राजतन्त्र, कमल थापाको पार्टीदेखि लिएर वर्तमान राजनीतिक परिस्थितिका बारेमा उनको कटाक्ष केन्द्रीत रह्यो । नेताहरुमा रामकुमारी झाँक्री, डा बाबुराम भट्राई माथि ब्यग्य गरे भने, सन्तोष पन्तलाई पनि उनले छोडेनन् । त्यसपछि पत्रकार र पारसबीचको संवादका दृश्य रोचक थियो ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read