Home जानकारी पासङ भाइको भयो गीत रेकर्ड, स्टुडियो मै मच्चाए तहल्का

पासङ भाइको भयो गीत रेकर्ड, स्टुडियो मै मच्चाए तहल्का

पाँचथर घर भै हाल काठमाडौको जोरपाटी बस्ने एघार वर्षीय पासाङ शेर्पा नाम गरेका बालक अहिले भाइरल भएका छन । सामाजिक संजाल टिकटकमा भाइरल बनेपछी उनको अहिले जताततै खोजी हुन थालेको छ । हरेक कुरा गर्दा पनि तुक्का जोडेर बोल्ने पासाङ गित गाएरै दैनिक सरदर पाचँ सय देखि एक हजारसम्म कमाउने गरेको बताउँछन । उनको दैनिकी अहिले काठमाडौका गल्लीहरुमा दिनहु यस्तै समसामयिक विषयमा गित गाउँदै बित्ने गरेको छ ।

यति सानै उमेरमा पनि उनलाइ राजनीति तथा सामा जिक विषयको राम्रो ज्ञान छ । उनी तिनै विषय लाई गित मार्फत गाएर सबैलाइ चकित बनाउँछन । आफ्नो औषधि उपचार गर्नको लागि यसरी बाटो बाटो गित गाउदै हिड्नु परेको बताउँछन । उनि क्षयरोगको बिरामी छन । आफ्नो परिवारको आर्थिक स्थितिले आफ्नो औसधि उपचार गर्न नपुग्ने भएकोले आफू अहिले यसै गल्ली गल्ली गित गाउँदै हिडेको बताउछँन । उनका अनुसार उनका बाबु अहिले काठमाडौमै गिटि बालुवा बोकेर बिहान बेलुकाको छाक टारी रहेका छन ।

सात वर्षको हुदा हर्नेको अप्रेसन गरेको उनले बताए । त्यसको केही महिना पछिबाट उनलाइ क्षयरोगले भेट्यो । पहिलो चोटि क्षयरोगले भेटी बिरामी भएर ढल्दा उनको हात भाँचिएको र टाउकोमा पनि चोट लागेको बताए । पाँचथरको फिदिम बजारमा एक ठाउँमा मात्र उक्त औसधि पाउने र यदि त्यो पनि कुनै बेला बन्द हुँदा औसधि खान नपाउने भएकाले उनलाइ लिएर उनको परिवार उपचार गर्नको लागि काठमाडौ आइ जोरपाटी बस्न थाल्यो । उनको पढाइ पनि त्यही हुन थाल्यो । पाँचथरमा 5 कक्षामा पढ्ने उनी काठमाडौ आएर 3 कक्षामा भर्ना भए । तर लकडाउनले स्कुल बन्द भएपछी उनले अहिले पढ्न पाएका छैनन । अनलाइन कक्षा भएता पनि मोबाईल नभएकोले त्यो पढ्न नपाएको उनले बताए ।

अहिले उनलाइ जताततै जादा पनि गित गाउने भाइ भन्दै चिन्ने गरेका छन । उनी भन्छन पाँचथरको फिदिममा त जाने बित्तिकै उ गीत गाउने भाइ आयो भन्दै उनलाइ गीत गाउन लगाउने गरेको पनि बताउछन । त्यता तिर दिनमा एक हजार देखि पन्ध्र सय सम्म कमाइ हुने उनी बताउछन । गीत गाएको पैसाले औसधि, कपि किताब, लुगा कपडा साथै घरमा खाने कुरा पनि किन्ने गरेको उनले बताएका छन ।

केही दिनसम्म यसरी सडक सडकमा गीत गाउदै हिड्ने पासाङको अन्त्यत पूरा भएको गीत गाउने रहर पनि । उनको आवाजमा निकै रमाइलो गीत रेकर्ड भएको छ । अबको केही दिनमा नै उनको उक्त गीत बाहिर सार्वजनिक हुदैछ । पासाङ आफैले बनाएको उक्त गीत अन्य भन्दा पृथक र गाउने शैली पनि फरक भएकोले बजार पनि रामै पाउने अपेक्षा गरेको उक्त गित रेकर्ड गर्न सहयोग गर्ने तथा सङ्गित संयोजन गर्ने ब्याक्तिले बताएका छन ।

सानै देखि गीत गाउन रहर गरिरहेको त्यो आज आएर पूरा भएकोले आफुलाई खुशी लागेको पासाङका बाबुले बताएका छन । हिजो अस्ति सम्म खान, उपचार गर्ने आर्थिक अभाव थियो तर अब सम्पुर्ण खर्च पाउने वचन पाए पछि आफुहरु धेरै नै खुशी भएको पासङकि आमाले बताएकी छिन । अब अन्य सङ्गीत कक्षा पनि उनलाइ गराउने र गीत रेकर्डमा पनि सहयोग गर्ने भए पछि छोराको सपना आफुले पूरा गर्न नसक्ने भन्ने लागेको थियो त्यो अब पूरा हुने भएको उनका बाबुले बताएका छन ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read