Home Uncategorized आजको मौसम : कुन-कुन स्थानमा हुनेछ भारी वर्षा ?

आजको मौसम : कुन-कुन स्थानमा हुनेछ भारी वर्षा ?

शुक्रबार आज मुलुकका विभिन्न क्षेत्रमा धेरै ठूलो वर्षाकाे आँकलन गरिएकाे छ । मनसुन फेरि सक्रिय भएसँगै देशभर पानी परिरहेकाेमा शुक्रबार प्रदेश १, २, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको केही र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका एक-दुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले उल्लेख गरेकाे छ ।

शुक्रबार राति पनि देशभर वर्षा हुनेछ । शनिबार धेरै स्थानमा वर्षाको सम्भावना छ। जसमा पनि प्रदेश १, गण्डकी, लुम्बिनी , कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी/धेरै भारी र बाँकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। वर्षाका कारण बाढीपहिराेकाे जाेखिम रहेकाले सतर्कता अपनाउन महाशाखाले आह्वान गरेकाे छ ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read