Home समाचार आज कहाँ–कहाँ छ बाढीको खतरा ? सतर्क रहन अनुरोध

आज कहाँ–कहाँ छ बाढीको खतरा ? सतर्क रहन अनुरोध

बाढी पूर्वानुमान महाशाखाले बागमती नदीको तटीय क्षेत्रमा जलसतह खतरा तह पार गरेकाले सतर्क रहन अनुरोध गरेको छ ।

ट्विटरमार्फत बिहान एक सूचना जारी गर्दै महाशाखाले भनेको छ, ‘हाल बागमतीको पधेरादोभान (कर्मैया) जलमापन केन्द्रमा जलसतह खतरा तह पार गरेको र बढ्दो क्रममा रहेकाले रौतहट र सर्लाहीका बागमती नदी तटिय क्षेत्रमा हुनेहरू आज बेलुका सम्मै उच्च सतर्कताका साथ सुरक्षित स्थानमा रहनुहोला/जानुहोला ।’

देशका अन्य ठाउँमा समेत बाढीको खतरा रहेको महाशाखाले जनाएको छ । ‘सिन्धुली जिल्लास्थित कमला नदी, रानीबास जलमापन केन्द्रमा जलसतहले खतरा तह पार गरेकाले धनुषा, सिराहा लगायत तल्लो तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रहरूमा रहनुहुनेहरू रातिसम्मै उच्च सतर्कता साथ सुरक्षित स्थानमा रहनुहोला ।’

मौसम पूर्वानुमान महाशाखाले बिहीवारदेखि शनिवारसम्म भारी वर्षा हुने भएकाले सतर्क रहन अनुरोध गरिसकेको छ ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read