Homeअन्तर्राष्ट्रियउडिरहेको विमानभित्र महिलाले चुरोट सल्काएर अन्य यात्रुको मुखमा धुवा फालेपछि ...

उडिरहेको विमानभित्र महिलाले चुरोट सल्काएर अन्य यात्रुको मुखमा धुवा फालेपछि …

उपद्रो मच्चाउनेहरू कहाँ हुँदैनन् ? उडिरहेको विमानभित्र एक महिलाले चुरोट सल्काएर अन्य यात्रुको मुखमा धुवा उडाएको घटना अमेरिकाबाट सार्वजनिक भएको छ ।

अमेरिकाको फ्लोरिडामा जहाजभित्र चुरोट सल्काएर धुवा उडाएपछि विमानभित्र बबाल मच्चिएको थियो । पछि प्रहरी बोलाएर ती महिलालाई बाहिर निकालिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

हवाइ यात्रुमाथि खराब व्यवहार गरेको आरोपमा प्रहरीले ती महिलालाई पक्राउ गरेको छ ।

विमानमा यात्रा गरिरहेकी अर्की महिला यात्री ३१ वर्षीया एलेक्सा मजदालावीले ती महिला यात्रुले विमानभित्र चुरोट सल्काएर अन्य यात्रुमाथि उपद्रो गरेको आरोप लगाइन् ।

एजेन्सी

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read