Home अर्थ देउवाका ज्योतिषद्वारा अबको शेयर मार्केटको यस्तो भविष्यबाणी

देउवाका ज्योतिषद्वारा अबको शेयर मार्केटको यस्तो भविष्यबाणी

सात सात पटक नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री हुने भविष्यबाणी गरेका ज्योतिष सुरेश चन्द्र रिजालले अबको शेयर मार्केटको भविष्यबाणी गरेका छन्। आफ्नो सामाजिक संजाल फेसबुक मार्फत “जानकारी- सेयर मार्केट !!” भन्दै शेयर मार्केट सम्बन्धी भविष्यबाणी गरेका हुन्।

उनको भविष्यबाणी अनुसार अस्वाभाविक रुपमा सेयरमार्केटमा व्यापक परिवर्तन हुने याेग रहेको बताएका छन। बुधबार अपराह्न देखि शेयर मार्केटका दुइ शक्तिशाली बुध तथा शुक्र ग्रह भदौ २० गते सम्म कन्या राशिमा उच्च तथा नीच अवस्थामा रहने हुँदा भदौ ९ देखि २० गतेसम्म अंक गणितका प्रमुख मुख्य शुक्र तथा बुध ग्रह नीच भङ्ग राजयाेमा रहदा यसकाे प्रभाव समग्र बैंकिङ क्षेत्रमा नै पर्ने कुरा जानकारी गराएका छन्।

लगानीकर्ताले ज्ञान र बुद्धिकाे सहि तरिकाले तालमेल मिलाउन नसक्दा शेयर मार्केट तथा suSबैंकिङ क्षेत्रमा यसकाे प्रभाव उच्च पर्ने छ भन्ने कुराको भविष्यबाणी गरेका छन्।

उनी लेख्छन ,”आज बुधबार अपराह्न देखि शेयर मार्केटका दुइ शक्तिशाली बुध तथा शुक्र ग्रह भदौ २० गते सम्म कन्या राशिमा उच्च तथा नीच अवस्थामा रहनेछन् । भदौ ९ देखि २० गतेसम्म अंक गणितका प्रमुख मुख्य शुक्र तथा बुध ग्रह नीच भङ्ग राजयाेमा रहदा यसकाे प्रभाव समग्र बैंकिङ क्षेत्रमा नै पर्नेछ । भदौ महिनाभरी राज्य कारक ग्रह सूर्यले प्रशासनिक कारक ग्रह मंगल र देब गुरु बृहस्पतिकाे पूर्ण सहयोग प्राप्त गरेकाले सरकारले बलियो निति नियम अगाडी सार्नेछ । खगोल शास्त्रमा बुध ग्रहलाई बुद्धि र वृहस्पति ग्रहलाई ज्ञानकाे कारक ग्रह भनेर परिभाषित गरिएको छ । बृहस्पति ग्रह ज्ञान र बुद्धि कारक ग्रह बुधग्रहकाे अत्यन्तै अशुभ मानिने षडाष्टक याेग निर्माण हुदा लगानीकर्ताले ज्ञान र बुद्धिकाे सहि तरिकाले तालमेल मिलाउन नसक्दा शेयर मार्केट तथा बैंकिङ क्षेत्रमा यसकाे प्रभाव उच्च पर्ने छ । अस्वाभाविक रुपमा सेयरमार्केटमा व्यापक परिवर्तन हुने याेग निर्माण भएकाे छ ।”

*

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read